२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

पूँजीवादले विश्वमा युद्ध निम्त्यायो, समाजवादले शान्ति दिन्छ : इन्चार्ज भरत सी

कञ्चनपुर , वैशाख २९ : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी (रणवीर) ले पूँजीवादले विश्वमा युद्द र शान्तिको निम्त्याएको र समाजवादले शान्ति ल्याउने बताएका छन् । शनिबार महेन्द्रनगरमा भएको कञ्चनपुर जिल्ला समितिको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता रणवीरले सो कुरा बताएका हुन् ।

देशमा समाजवादी राज्य व्यवस्था अनिवार्य भएको कुरा उदृत गर्दै उनले शान्तिको लागि समाजवाद आबस्यक रहेको र समाजवादीले नै विश्वमा शान्तिको आधार खडा गरेको जिकिर गरेका छन् । नेकपा नेता भरत ले भने ,“ हिजोको रसियाको क्रान्ति भनौँ या संयुक्त राष्ट्र संघको स्थापनाको कुरा गरौं त्यसको जग भनेको समाजवादी क्रान्तिको मार्ग हो ।” अमेरिका जस्ता पुँजीवादी देशले अहिले विश्वमा विभिन्न राष्ट्रहरूको बीचमा युद्धको वातारण सिर्जना गरी अशान्ति निम्त्याउने कार्य भइरहेको उनले ठोकुवा गरे । त्यसकारण पूँजीवादको अन्त्य गरी समाजवाद स्थापना गर्नु नेपालको अनिवार्यता भएको उनले बताए ।

नेता भरतले नेपालमा भएको दश वर्षे जनयुद्धको बलमा आएको गणतान्त्रिक व्यवस्थाले जनताको जनजीविका संग जोडिएका विषय समाधान गर्न नसकेको बताए । उनले भने ,“ हामीले हिजो जनयुद्धमा संघर्ष गर्यौ र आज एकीकृत जनक्रान्तिको मार्फत निरन्तर संघर्षमा छौं यसको एउटै कारण जनताको व्यवस्था स्थापना गर्नु हो ।” त्यसै अनुरुप पार्टीले पछिल्लो समयमा समाजवाद मान्ने व्यक्ति तथा पार्टी संग मिलेर अगाडि बढ्ने नीति लिएका छौं । समाजवाद ल्याउनुको लागि फराकिलो आधार निर्माण गर्नु नेपालमा आबस्यक छ , उनले भने ।

पछिल्लो समयमा केही नयाँ पार्टीको नाममा र केहीले अभियानको नाममा देशमा प्रतिगमन ल्याउने खतरा बढाएको नेता भरतको भनाइ छ । प्रतिगमन रोक्न जनताले सचेत कदम चाल्नुपर्ने समेत उनले बताए ।

उनले प्रशिक्षणलाई सम्बोधन गर्दै भने , “ वर्तमान समयमा जनतामा देखिएको आक्रोश र निराशाले अहिलेको राजनीतिक प्रणाली असफल भएको छ , यसको विकल्प दिनका लागि समाजवादी क्रान्तिको आधार निर्माण गर्नका लागि पार्टीले २०८४ को चुनावलाई उपयोग गर्ने नीति अँगालेको छ ।”

प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सुनिल सी को नेतृत्वमा करिब २५ जनाहरु नेकपामा ध्रुवीकृत भएका छन् । उनलाई प्रमुख अतिथि भरत सी ले टीका लगायत पार्टीमा स्वागत गरेका हुन ।

नेकपा केन्द्रीय सदस्य तथा पार्टीका कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि पार्टीका स्थायी समिति सदस्य तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी (रणवीर) , अतिथिमा नेकपा केन्द्रीय सदस्य समर सी , कमल सी लगायत विभिन्न जबसका प्रमुख र कञ्चनपुर जिल्ला सचिव तथा पार्टी कार्यकर्ता सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?