१२ चैत्र २०८१, मङ्लबार
१२ चैत्र २०८१, मङ्लबार

कञ्चनपुर जिल्ला अदालतको नयाँ भवन निर्माणमा सहयोग गर्छु : प्रधानन्यायाधीश श्रेष्ठ

बार एसोसिएसन द्वारा प्रधानन्यायाधीश श्रेष्ठलाई अभिनन्दन

महेन्द्रनगर , चैत २८ : सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले कञ्चनपुर जिल्ला अदालतको भवन निर्माणमा सहयोग गर्ने बताएका छन । बुधबार कञ्चनपुर पुगेका श्रेष्ठले बार एसोसिएसन द्वारा आयोजित अभिनन्दन कार्यक्रममा बोल्दै जिल्ला अदालत कञ्चनपुरको नयाँ भबन बनाउन आबस्यक सहयोग गर्ने बताएका हुन ।

उनले भने , “ जिल्ला अदालतको यो भवन पुरानो भयो अदालतको नयाँ भवन बनाउन ढिलाइ भइसकेको छ । मेरै कार्यकालमा नयाँ भवनका लागि सकेको बजेट विनियोजन गर्ने तथा अन्य कार्यमा सहयोग गर्ने छु ।” जग्गा खोजी नक्साङ्कनको कार्य अगाडि बढाउन जिल्ला न्यायाधीशहरूलाई निर्देशन दिएको प्रधानन्यायाधीश श्रेष्ठले बताए । बार र बेञ्च बीचको आपसी सम्बन्ध बिना दुवै संस्था राम्रो संग नचल्ने उनको तर्क छ। अदालतको सुधारका सम्बन्धमा कानून व्यवसायीको चासो र भूमिका सकारात्मक रहेको श्रेष्ठको भनाई छ । अदालतमा पुराना मुद्दाको चाप कम रहेको र अदालतमा काम सन्तोषजनक रहेको तथ्यांकले देखाएको समेत प्रधानन्यायाधीश श्रेष्ठले बताउनुभयो । न्यायालयमा प्रविधी मार्फत सेवा दिन आफूले पहल गरिरहेको उनले बताएका छन् ।

कञ्चनपुर जिल्ला अदालत बार एसोसिएसन र उच्च अदालत दिपायल बार एसोसिएसनले संयुक्त रुपमा प्रधानन्यायाधीश श्रेष्ठलाई अभिनन्दन सहित सम्मान गरेको छ । श्रेष्ठले न्यायपालिकाका लागि खेलेको भूमिका स्वरुप बारहरुले अभिनन्दन गरेको हो । साथै बारका तर्फबाट कानून व्यवसायिहरुले प्रधानन्यायाधीशलाई न्यायालय सुधारको माग राख्दै ज्ञापनपत्र समेत बुझाएको हो ।

उच्च र जिल्ला बार एसोसिएसनले आयोजन गरेको प्रधानन्यायाधीशको अभिनन्दन कार्यक्रममा उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीश , रजिष्टार ,कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश तथा कर्मचारी , बार एसोसिएसन संग सम्बद्ध पधाधिकारी , कानून व्यवसायी , सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति कर्ण थापा लगायत सुदुरपश्चिम विश्वविद्यालयका कानून संकायका विद्यार्थीहरू सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?