काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् निडर, न्याय सम्पादनमा दक्ष मानिएका न्यायाधीश ईश्वरप्रसाद खतिवडा सेवा निवृत्त भएका छन् । खतिवडा उमेर हदका कारण सेवा निवृत्त भएका हुन् ।
२०१५ साल फागुनमा उदयपुरमा जन्मिएका खतिवडा २०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । त्यसअघि उनी २० वर्षभन्दा धेरै समय पुनरावेदन र जिल्ला अदालतमा काम गरेका थिए ।
उनले मदन भण्डारीको मृत्यु, दरबार हत्याकाण्डलगायत उच्चस्तरीय समितिमा समेत काम गरेका थिए ।