बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेड कुख्यात ठगको चङ्गुलमा

काठमाडौँ । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेड कुख्यात ठगको परिचय बनाएका सुरेश चन्द्रशेखरका साथ सम्बन्ध बनाएका तस्बिरहरू समाजिक सञ्जालमा भाइरल भइरहेका छन् । २ सय करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा जेल भित्र रहेका सुरेशले ज्याकलिन लाई जेलबाटै चिठी लेखिरहेका छन् । जसका कारण ज्याकलिन तनावमा परेकी हुन् ।

ज्याकलिन–सुरेशको सम्बन्ध त अहिलेको ताजा घटना हो । यसभन्दा पहिला पनि बलिउड नायिकाहरू ठग र डनको सम्बन्धका कारण विवादमा आएका थिए । सोही कारणले केही नायिकाले जेल सजाय पनि काटेका थिए । केही भने फिल्मबाटै हराए ।

मोनिका बेदी

मोनिका बेदीको फिल्मी करिअर राम्रो चलिरहेका बेला ग्याङस्टार अबु सलेमसँग जोडिएको थियो । सन् १९९५ मा फिल्म ‘मे तेरा इश्क’बाट बलिउडमा पाइला टेकेकी मोनिका सन् २००२ मा विवादमा फसिन् ।

यस दौरानमा उनले हिट फिल्महरू पनि दिएकी थिइन् । तर अबु सलेमसँगको प्रेमको खबर सार्वजनिक हुन थालेपछि उनको करिअर संकटमा प¥यो । ग्याङस्टारसँग नाम जोडिएपछि उनी प्रहरीसमक्ष बयानका लागि धेरैपटक धाउनुपर्‍यो ।

अन्त्यमा प्रहरी अनुसन्धानमा मोनिका नक्कली राहदानी र परिचय पत्र लिएर यात्रा गरेको खुल्यो । यस घटनामा उनले दुई वर्ष जेल सजाय भोग्नुपर्‍याे । त्यसपछि लामो समयसम्म उनी फिल्ममा देखा परिनन् ।

मन्दाकिनी

पहिलो फिल्म ‘राम तेरी गंगा मैली’बाट दर्शकबीच अभिनयको छाप छोड्न सफल अभिनेत्री मन्दाकिनीको करिअरमा ब्रेक लाग्नुको कारण अन्डरवर्ल्ड डन दाउद इब्राहिम हो भन्ने धेरैको बुझाइ छ ।

सन् १९८५ बाट बलिउडमा डेब्यू गरेकी मन्दाकिनीले धेरै सुपरहिट फिल्ममा अभिनय गरेकी छिन् । तर, सन् १९९४ मा दाउदसँग उनको फोटो सार्वजनिक भयो । उनीहरूबीच प्रेमसम्बन्ध रहेको चर्चा बाहिरिन थाल्यो ।

फोटो सार्वजनिक भएपछि निर्देशक र निर्माताहरूले दूरी बढाएपछि उनले फिल्म पाउनै छाडिन् । त्यसको केही वर्षमै उनी फिल्मबाट टाढा भइन् । मन्दाकिनीले त्यो समय दाउदसँग दुबईमा भेटेको तर प्रेमिकाका रुपमा भेट नभएको स्पष्टीकरण दिएकी थिइन् ।

ममता कुलकर्णी

सन् १९९१ मा बलिउडमा डेब्यू गरेकी ममता कुलकर्णी एक समयकी चल्तीकी नायिका हुन् । उनले दुई दर्जनभन्दा बढी फिल्ममा काम गरेकी छिन् ।

यी नायिकाको नाम भारतकै सबैभन्दा ठूलो ड्रग माफिया विक्की गोस्वामीसँग जोडिएको थियो । ड्रग केसमा सन् १९९७ गोस्वामी जेलमा हुँदा बाक्लो भेटका कारण उनीहरूको प्रेम सम्बन्ध रहेको खुलेको थियो ।

पछि दुई हजार करोडको लागूऔषध बरामद भएको केसमा प्रहरीले ममतालाई पनि अभियुक्त बनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?