३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

सुदुरपश्चिम विश्वविद्यालय कानून संकायद्धारा आयोजित दुई दिने नमूना संसद कार्यक्रम सम्पन्न

कञ्चनपुर, फागुन १२ : सुदुरपश्चिम विश्वविद्यालय कानून संकाय बिएएलएलबि कार्यक्रम महेन्द्रनगर , कञ्चनपुरद्वारा आयोजित दुई दिने “नमूना संसद कार्यक्रम २०८० ”सम्पन्न भएको छ । शुक्रबारबाट सुरु भएको उक्त कार्यक्रम विश्वविद्यालयको महेन्द्रनगर स्थित केन्द्रीय कार्यालयको हलमा आज सम्पन्न भएको हो ।

कार्यक्रममा उदघाटन सत्रमा सुदुरपश्चिम विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका डिन प्राडा. मुकुन्द कलौनिको प्रमुख आथित्यताका साथै कानून संकायका उप प्राध्यापकहरु भिम बहादुर फडेरा, सुदर्शन कुँवर लगायत अन्य प्राध्यापक , कर्मचारीको आथित्यता रहेको थियो ।

कलेज स्तरीय गरिएको उक्त नमूना संसद कार्यक्रममा सुदुरपश्चिम विश्वविद्यालय कानून संकायका बिएएलएलबि छैटौं , चौथो, तेस्रो र पहिलो सेमेष्टर तथा अन्य संकायका करीब ११५ बढी विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

नेपालको संसदीय अभ्यास एवम् संसदीय कार्यशैलीको सैदान्तिक ज्ञान प्रदान गर्न तथा वैज्ञानिक तर्ककला एवम् वाककला सिकाउने उदेश्यका साथ बिएएलएलबि छैटौ सेमेस्टरमा अध्ययनरत विद्यार्थी गणेश सार्कीको अध्यक्षतामा गरिएको कार्यक्रमको पहिलो दिन (हिजो) नमूना संसद अभ्यास सम्बन्धी प्रशिक्षण तथा सभामुख चयनको कार्य गरिएको थियो । दोस्रो दिन प्रधानमन्त्री, उपसभामुखको चयन साथै संसद्को बैठक बसेको थियो । सभामुखमा बिएएलएलबि पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी ईश्वर भट्ट , प्रधानमन्त्री र उपसभामुख बिएएलएलबि चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी छत्र खड्का र विमला शाही , विपक्षी दलको नेता र प्रमुख सचेतकमा बिएएलएलबि छैटौ सेमेस्टरमा अध्ययनरत विद्यार्थी प्रकाश उपाध्याय र राजु रावत लगायत अन्य मन्त्रीहरुलाई चयन गरिएको थियो ।

संसद बैठकमा नेपाल नागरिकता( पहिलो संशोधन) ऐन २०७९ मा छलफल गराइएको थियो । कार्यक्रममा सहभागीहरुले संसदमा विधेयकमाथि हुने छलफल , प्रस्तुत गर्ने प्रक्रिया देखि पारित गर्ने सम्मका चरणबारे व्यावहारिक रूपमा नमूना प्रस्तुत गरेका थिए ।

नमुन संसद कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई उपप्राध्यापक सुर्दशन कुंवरले प्रमाणपत्र हस्तानतरण गरेका थिए । कार्यक्रमको सञ्चालन बिएएलएलबि चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी मनिषा चन्दले गरेकी थिइन् । कार्यक्रममा सहभागी विद्यार्थी आदेश कुमार सिंहले यो नमूना संसद कार्यक्रमले आफूहरुलाई क्षमताको वृद्धि विकास गराउन र सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा बुझ्नका मद्दत पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (88%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (13%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?