कञ्चनपुर , फागुन १० : कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न सबै सरोकारवाला निकाय संग सहकार्य आबस्यक रहेको बताएका छन् । एसपी जोशीले बुधबार आयोजित सञ्चारकर्मी संगको परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले भने ,“विश्वभरि नै लागू औषध दुव्र्यसनको समस्या भयावह छ र हाम्रो यस जिल्लामा पनि यसको ठूलो समस्या छ यसलाई नियन्त्रण गर्न मेरो पहल रहन्छ , यो भन्दा अगाडि मैले लागू औषध नियन्त्रण ब्युरोमा रहेर काम पनि गरेको छु ।” आफूले जिम्मेवारी समाल्दै गर्दा काम गर्दा आउने चुनौतिहरुमा कसैको दबाब र प्रभाव बिना निष्पक्ष हिसाबले काम गर्ने पनि उनले प्रतिबद्धता जाहेर गरे । सामाजिक सञ्जाल तथा अन्य माध्यमको प्रयोग गर्दा सबैले सहज भएर चलाउनु पर्ने पनि जोशीको आग्रह थियो । एपसी जोशी फागुन ७ गते कार्यालयमा हाजिर भएका हुन् ।
सहभागी सञ्चारकर्मीले जिल्लामा रहेका समस्याका बारेमा सुझाव तथा आफ्ना धारणा व्यक्त गरेका थिए । साथै प्रहरी कार्यालयमा नै कञ्चनपुर सशस्त्र प्रहरी बल प्रमुख एसपी खगेन्द्र बहादुर चन्द परिचयात्मक कार्यक्रममा सहभागी थिए । उनले पनि जिल्लाको सीमामा हुने अपराध , अवैध क्रियाकलाप नियन्त्रण गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।