काठमाडौँ । जनपत्रकार संगठन नेपाल, उपत्यका प्रदेश समितिले माघ १७ गते पत्रकार महासंघ उपत्यका प्रदेश कार्यालयमा लगाएको ताला खोलिने भएको छ ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कार्यालयले काठमाडौं जिल्ला शाखासँग शाखाले नयाँ सदस्यता सिफारिस गर्दा तयार पारेको कैफियत प्रतिवेदन माग गर्ने निर्णय अनुसार उक्त ताला खोलिने सहमति भएको हो ।
जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेशले पत्रकार महासंघ जिल्ला शाखामा सदस्यताको लागि आवेदन परेका ६४३ सदस्यहरुको छानबिन गरि यथाशिघ्र सार्वजनिक गर्न माग गर्दै जिल्ला शाखाको पटक-पटक ध्यान आकर्षण गराउदा पनि प्रदेश र जिल्ला शाखाबिच आरोप प्रत्यारोप लगाउंदै एक अर्कालाई दोष थोपर्ने कार्य गरेपछि दुई बुँदे मागसहित संगठनले प्रदेश कार्यालयमा तालावन्दी गरेको थियो ।