१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

मिडिया क्षेत्रमा निश्चित वर्गको कब्जा : समस्या समाधान गर्न एक्येबद्धता

काठमाण्डौं । नेपाल कम्यूनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा जनपत्रकार सङ्गठनका फ्याक्सन् ईन्चार्ज अनील सी ले “मिडिया क्षेत्रमा निश्चित वर्गको कब्जामा रहेको बताएका छन् । आईतबार काठमाडौंमा जनपत्रकार सँगठन नेपाल द्वारा आयोजि अन्तरकृया कार्यक्रममा देशको प्रेस क्षेत्रको परिदृश्यबारे उदृत गर्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अनिलले मिडिया क्षेत्रमा निश्चित वर्गको कब्जा रहेकाले ठूला भनिएका मिडियाहरु देश र जनतालाई दु:ख पर्दा नबाेलेकाे बताए ।

उनले नेपालको मिडिया क्षेत्रमा पनि पूँजीपति वर्गकै वर्चस्वका कारण प्रेस जगत स्वतन्त्र हुन नसकेको बताए । मिडिया हाउसका सम्पादक तथा पत्रकारहरुले जनपक्षीय पत्रकारिता गरेकै कारण उनीहरुले पछि हट्नुपर्ने अवस्था रहेको बताउँदै “देशको राष्ट्रियता र जनजीविकासँग जोडिएका विषयमा साना मिडियाको भूमिका सकारात्मक रहेको छ,उनले भने ।

विदेशी उदारवादले हामी सबैको भविष्य पिल्सिएकाे बताउदै नेता अनिलले बाेल्न दिने तर खान नदिने उदारवादलाई अन्त्य गरि सबैले भन्ने गरेको समाजवादमा ल्याउन भूमिका खेल्न आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अनिलले नेपालको मिडिया क्षेत्रमा पनि पूँजीपति वर्गकै वर्चस्वका कारण प्रेस जगत स्वतन्त्र हुन् नसकेको बताए । मिडिया हाउसका सम्पादक तथा पत्रकारहरुले जनपक्षीय पत्रकारिता गरेकै कारण उनीहरुले पछि हट्नुपर्ने अवस्था रहेको उनी बताउँछन् । “ देशको राष्ट्रियता र जनजीविका संग जोडिएका विषयमा साना मिडियाको भूमिका सकारात्मक रहेको छ , उनले भने । पत्रकारहरुको छाता संगठनको रुपमा रहेको पत्रकार महासंघमा पनि ठूला भनिनेहरुको उपस्थितिले श्रमजीवी पत्रकार र साना मिडियाहरु पाखा लाग्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।


त्यसै गरी समाजबादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले ” पत्रकारहरुका बिभीन्न समस्या र चुनौतीहरूलाई औंल्याउँदै पत्रकरकालागी बनेका नीति ,विधि र व्यवस्था कुनै पनि कुरा ठीक नभएको बताएका छन् । उनले ” विज्ञापन वोर्डबाट केही मुठीभरका पत्रिकाले विज्ञापन पाएको र सरकारी विज्ञापन विज्ञापन बोर्ड लगाएर प्रेसको रूपमा कमिसन खाइन्छ भने त्यस्तो विज्ञापन वोर्ड खारेजी हुनुपर्ने माग समेत गरेका छन ।

सुवेदीले,हामी जुनसुकै सङ्गठनमा भएता पनि पेसाका रूपले हामीमा भिन्नता छैन भन्दै,श्रमजिवि पत्रकारका हकहितकलकालागी एकजुट हुुपर्नेमा जोड दिएका छन् ।

प्रेस नेपालका महासचिब विदुर ढुङ्गेलले ” गैर पत्रकारहरुलाई महासंघको सदस्यता दिएको तर पत्रकारीता गरिरहेकालाई भने अनेक बहानाबाजी गर्दै सदस्यता पाउनबाट वञ्चित गरिएकाेमा आपति जनाएका छन् । उनले,नेपालकाे आमसञ्चार क्षेत्रमा रहेका बिद्यमान समस्याहरूलाई समाधान गर्न जनपत्रकार सँगठन नेपालकाे कदममा आफ्नो पनि ऐक्यबद्धता रहेको जनाए ।

प्रगतिशिल पत्रकारसंघ नेपालका महासचिब प्रकाशक थापाले
कार्यक्रममा बोल्दै सत्य र खोज मुलक कार्य गर्ने पत्रकारहरुलाई तह लगाउने अनेक प्रपञ्च रचिन्छन् । जसकारण सच्चा पत्रकारीता गर्नेलाई ज्यानको जोखिम रहेको बताउँदै नेपालि आम सञ्चार क्षेत्रमा साना मिडियाहरुलाई हरेक कुराबाट लगाइएको सिन्डिकेट तोड्न हामी सबैले एकजुट भाई पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

क्रान्तिकारी प्रेस सङ्गठनका सह संयोजक नारायण पङ्गेनीले” स्वतन्त्र पत्रकारिताका नाममा डरलाग्दो मिसनमा हिँडिरहेका ठुला मिडियाका कारण हामी श्रमजिवि र जनताका हक हितका लागि हिँडेका पत्रकारहरुले आफ्नो पहिचान लुकाउनु पर्ने अबस्था भएको वताए । उनले भने रवि लामिछानेले उठाएको १२ भाइ प्रसंगलाई कोट्याउँदै पत्रकारिताका नाममा दलाली गरिरहेका मिडियाहरुका कारण पत्रकार भनेर भन्न पनि लाज लाग्ने बिषय बनेको छ ।

श्रमजिवि पत्रकारको पक्षमा बोल्लान् भनेर हामिलेनै चुनेका महासंघका पत्रकारहरु श्रमजिवि भन्दा महासंघका मालिकका पक्षमा बोल्दछन् । बालुवाटारमा बसेर ३ पार्टिको भाग बण्डा हुन्छं र महासंघको नेतृत्वको चयन हुन्छ यस्ता खालका गतिविधिलाई रोक्न हामी सम्पूर्ण श्रमजीवी पत्रकारहरुको एकरूपता जरुरि छ र जनपत्राकर सङ्गठनको यो पहल कदमिमा आफ्नो पुर्ण समर्थन रहेको पंगेनिको भनाइ थियो ।


नेपाल प्रेस युनियनका उप महासचिब दिलिपाले ” पत्रकारले पाउने पारिश्रमिक र सेवा सुविधा नपाइदिदा उनीहरूको क्षमता अभिवृद्धिमा नै रोकावट आइरहेको छ र बिद्यमान समस्याको कुरागर्नेहो भने सरकारका नीति, विधायक का कुराहरुमा प्रेस युनियन सडकमा उत्रिएकाे थियो र आगामी दिनहरूमा पनि पत्रकारलाई परेका समस्याका बारेमा विभिन्न सँगठन सँगको एकेबद्धता अगाडी बढ्ने बताइन् ।

जनपत्रकार संगठन नेपालले आयोजना गरेको उक्त कार्यक्रममा सरोकारवाला अन्य निकायको समेत सहभागी रहेको थियो । उपस्थित वक्ताहरुले वर्तमान मिडिया क्षेत्रको जटिलता लाई समाधान गर्न सबै एकजुट भएर निकास दिनुपर्ने बताए ।

कार्यक्रमा अध्यक्षता जनपत्रकार सँगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा को रहेको थियो भने सञ्चालक जनपत्रकार सँगठनकी उपाध्यक्ष जानकी चौधरीले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?