काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशभरको मौसम साधारणतया सफा रहनेछ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरोले ढाकेको छ ।
आज पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।
दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
शुक्रबार राति देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । राति देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराईका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात एवं हवाई यातायातमा प्रभावित हुन सक्ने तथा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाएको छ ।