१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

वैज्ञानिक समाजवादीका केन्द्रीय सदस्य देव कठायत नेतृत्वमा नेताहरु नेकपामा ध्रुवीकृत

कैलाली , पुस १८ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा विभिन्न पार्टी छोडी नेताहरु ध्रुवीकृत भएका छन् । बुधबार धनगढीमा आयोजित ध्रुविकरण कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य देव बहादुर कठायत (दर्शन) को नेतृत्वमा केन्द्रीय सदस्यहरु ,जिल्ला संयोजक र एरिया सदस्यहरु नेकपामा ध्रुवीकृत भएका हुन् ।

कस – कसले प्रवेश गरे नेपाल कम्युनिस्ट पार्टी ?

नेकपामा ध्रुवीकृत हुनेमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल का केन्द्रीय सदस्यहरु देव कठायत, गगन सुनार , पार्टीका पूर्व केन्द्रीय सदस्य मनमाया गहतराज, दल बहादुर ओखेडा, पार्टीका ट्रेड युनियन महासंघ का केस लोकेश विसी, समाजवादी पार्टीको जात व्यवस्था उन्मूलन मोर्चा सुदुरपश्चिम प्रदेश संयोजक मंगल बाजुरेली र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका कैलाली र कञ्चनपुर एरिया सदस्यहरू लक्ष्मि देबि कठायत,अनिता बिसि,मैना देबि काेली,बिस्ना देबि काेलि, सीता गहतराज, अन्जु काेली, भुवन चाैधरि,धनिराम चाैधरि, भउना चाैधरि, गिता चाैधरि, बेलु देबि बिक, देबकि नेपाली,खिन्तुरि नेपाली, लक्ष्मि नेपाली, कल्सा नेपाली, हेमा चाैधरि, मुकुन्द विक नारायण भट्ट, काली नेपाली, सुकलाल बिक, मान बहादुर खाँदु, जयराम बि क, लाल बि क, रमेश लुहार, श्याम दमाई रहेका छन् । त्यसैगरी माओवादी केन्द्र निकट वाइसियल धनगढी उपमानगरपालिका ११ न वडा सचिव प्रेम राना , कैलारी गाउँपालिका नागरिक उन्मुक्ति पार्टीका गाउँ कमिटी सदस्य तेजराम चौधरीले पनि बुधवार नेकपा प्रबेश गरेका हुन् ।

ध्रुविकरण कार्यक्रममा प्रमुख अतिथि रहेका नेकपा सेती ब्युरो इन्चार्ज डबल बहादुर सी ले पार्टीको विशेष समितिको बैठकले लिएको क्रान्तिकारीहरूको ध्रुविकरण गर्ने नीति अनुरुप अगाडि बढिरहेको बताए । समाजवादी सत्ताको आधार तयार गर्न वैज्ञानिक समाजवादी पार्टीका नेताहरूको ध्रुवीकरणले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । देशको डर लाग्दो संकटलाई निकास दिनका लागि क्रान्तिकारी ध्रुविकरण निर्माण गर्नु जरुरी छ यसको लागि हाम्रो पार्टीले वातावरण सिर्जना गरी त्यसको श्रृङखला अगाडि बढाएको छ ,“नेता डबल सी ले भने । उनले विश्व राजनीतिक प्रभावले नेपालमा विगठनको विजारोपण हुँदै आएको छ जसको कारण नेपालका कम्युनिस्ट पार्टीहरू टुटफुट मा रमाई रहेका बेला नेकपाले एकजुटको अभियान सुरु गरेको उनको भनाइ छ ।


नेकपामा ध्रुवीकृत भएका वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सदस्य देव कठायतले आहुति नेतृत्वको पार्टीको अस्पष्ट कार्यदिशाका कारण पार्टी छोड्न बाध्य भएको बताए । विप्लवले नेतृत्व गरेको पार्टीले तय गरेको एकीकृत जनक्रान्तिको बाटो नै उत्तम देखिएकाले नेकपामा ध्रुवीकृत भएको हु ,उनले भने । नेकपा प्रवेश गर्ने अर्का पूर्व केन्द्रीय सदस्य दल बहादुर ओखेडाले आहुतिको पार्टीमा क्रान्तिकारीपन नदेखिएको आरोप लगाए । पछिल्लो असफल संसदीय व्यवस्थाको राजनीतिलाई विकल्प दिन सक्ने नेकपाको कार्यदिशा एकीकृत जनक्रान्ति नै रहेको उनले बताए । समाजवादी पार्टीका ध्रुवीकृत हुने अर्का नेता गगन सुनारले मुख्य दुस्मनको विरुद्धमा लड्नलाई मित्र शक्तिलाई एक ठाउँमा ल्याउनका लागि एकीकृत जनक्रान्ति बलियो साधन बनेको बताए । समाजवादी सत्ता प्राप्ति गर्नका लागि र वर्गविहीन समाजको निर्माणको क्रान्तिकारी र अग्रगनकारी शक्तिहरू एक ठाउँमा हुनुपर्ने आबस्यकता सहित नेकपा मा ध्रुविकरण भएको उनले बताए ।

ध्रुविकरण कार्यक्रममा नेकपा कैलाली – कञ्चनपुर जिल्ला इन्चार्जहरु प्रकाश सी, विराट सी र दुवै जिल्लाका सचिव , जबस मोर्चाका नेता कार्यकर्तासहित को सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?