२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

राज्य षड्यन्त्रको भण्डाफोर गर्न अभियान संचालन गर्ने नेकपा पश्चिम चितवनकाे निणर्य

चितवन। नेपाल कम्युनिष्ट पार्टीको पश्चिम चितवन जिल्लाले राज्य षड्यन्त्रको भण्डाफोर गर्न दुई महिना अभियान संचालन गर्ने निणर्य गरेको छ । आईतबार बसेको जिल्ला समितिको दोस्रो पूर्णबैठक बाट उक्त निर्णय गरिएको जिल्ला सेक्रेटरी अटल सी ले बताएका हुन् ।

पार्टी संगठनलाई सुदृढ र विस्तार गर्दै राज्य षड्यन्त्रको भण्डाफोर गर्ने र दुई महिने अभियान संचालन गर्ने निर्णय पनि गरेको नेकपा पश्चिम चितवनले जनाएकाे छ ।

उक्त बैठकमा प्रमुख अतिथि रहेका नेकपाका स्थायी समिति सदस्य अनिल सी ले “जनयुद्ध दिवसको बिदालाई लियर अदालतले बदर गरेको निर्णयले पुरानो बनावटी सत्ता कम्युनिस्टहरुले संचालन गर्न नसक्ने माक्र्सको कुरा अझै सान्दर्भिक रहेको भन्दै माक्र्सवाद सहि भएको प्रमाणित भएको बताएका छन् । उनले ” नेकपाका महासचिव, प्रवक्ता लगायतका नेतृत्वहरु माथि जारी गरिएको पक्राउ पुर्जीको घोर भत्सर्ना गर्दै उक्त पक्राउ पुर्जी तत्काल खारेज गर्न माग सहित उनले MCC लगायताका सबै राष्ट्रघाती सम्झौताहरु , बैंकको ब्याज न्युनतम १ अंकमा ल्याउन पर्ने, लघुवित्तलाई र मिटरव्याजीलाई कारबाही गर्ने जोडदार माग समेत गरेका छन् ।

“जनसेवा, सुदृढ संगठन र क्रान्तिकारी ध्रुवीकरणमा जोड दिऔ, २ महिने केन्द्रीय योजना दृढतापूर्वक कार्यन्वयन गरौँ ” भन्ने नाराकासाथ आइतबार बसेको बैठकले राजनीतिक वैचारिक क्षेत्रमा, संगठनको क्षेत्रमा, संघर्षको क्षेत्रमा र नमूना कार्यहरुको क्षेत्रमा महत्त्वपूर्ण निर्णय गरेको बताइएको छ ।

निणर्य:
नमुना कार्य अन्तरगत विद्यार्थी तथा बाम आन्दोलनमा सहिद मित्रमणी आचार्यले खेल्नु भएको भूमिकाको उच्च सम्मान गर्दै मुर्ती सहितको बहुउद्देश्यीय मित्रमणी पार्क निर्माण गर्ने , माडिमा एउटा समाज भवन निर्माण गर्ने, संघर्ष अन्तरगत पश्चिम् चितवन र माडिमा क्रमश : बढ्दै गयको कृषि उत्पादनलाई मध्यनजर गरि विदेशबाट आयातित अवैध तरकारी तथा खाद्यान्न रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने, सुकुम्बासीलाई लालपुर्जा दिन र भुमिहिनहरुलाई जमिन उपलब्ध गराउन राज्यसँग जोडदार माग गर्ने र सम्बन्धित सरोकारवालाहरुसँग सहकार्य गरि संघर्षको उठान गर्ने निर्णय भएको जनाइएको छ ।अहिलेको वर्तमान राजनीतिक परिस्थिति र यसको निकासबारे भरतपुर र माडिका सबै वार्डहरुमा मजदुर किसान , सुकुम्बासी , बुद्धिजीवी , विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी र सबै राजनीतिक पार्टीहरूसङ्ग अन्तरक्रीया गर्ने र चितवन राष्ट्रिय निकुञ्ज भित्रको माडी -जगतपुर सडकखण्डलाई पक्की बाटो निर्माणको लागि पहल अगाडि बढाउने निर्णयसमेत भएको सेक्रेटरी अटल सीले बताएका हुन् ।

नेकपा पश्चिम् जिल्ला समितिका सेक्रेटरी अटल सीको अध्यक्षतामा बसेको उक्त बैठकमा अतिथि पोलिटब्युरो सदस्य तथा पश्चिम् नारायणी ब्यूरो इन्चार्ज एटम सी, पोलिटब्युरो , सदस्य तथा केन्द्रीय उत्पादन शाखा माडिका प्रमुख सन्देश सी, नेकपा पश्चिम् जिल्ला इन्चार्ज दिनेश सी र केन्द्रीय उत्पादन शाखा माडी शाखा सेक्रेटरी क्रान्ती सी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?