२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

काँग्रेस नेता मिन विष्ट समुहद्वारा वनका कर्मचारी भण्डारीमाथि कुटपिट

कञ्चनपुर, पुष ९ : डिभिजन वन कार्यालय कञ्चनपुरमा कार्यरत एक वन कर्मचारीमाथि कुटपिट भएको छ । शनिबार कष्णपुर नगरपालिका ९ रैकवारविचुवा क्षेत्रमा सहायक वन रक्षक करन भण्डारीमाथि कुटपिट भएको हो ।
उनीमाथि बिरेन्द्र सामुदायिक वनका उपाध्यक्ष मिन सिह विष्ट सहितको समुहले कुटपिट गरेको पीडित कर्मचारी भण्डारीले बताए । उनका अनुसार टिसिएनले छपान गरेको ५८८ र ५८९ नम्बरको रुख काटेर ल्याउने क्रममा रोक्दा कुटपिट गरिएको छ । काँग्रेस नेता समेत रहेका विष्टले कर्मचारी भण्डारीको मोबाईल नियन्त्रण लिएर सुरेन्द्र माली, ज्ञानेन्द्र रोकाया र रोशन मालीलाई कुटपिट गर्न लगाएका थिए ।

‘उहाँहरुले टिसिएनले छपान गरेका रुख काटेर ल्याउँदा हामीले रोके तर, बिरेन्द्र सामुदायिक वनकै उपाध्यक्ष मिनसिह विष्ट नेतृत्वका रुख काटेर ल्याउने समुहले कुटपिट गरे, ‘उनले भने, ‘राम्रो काम गर्न खोज्दा पनि आफुमाथि जिम्मेबारी व्यक्तिकै नेतृत्वमा कुटपिट भयो ।’ कुटपिटबाट कर्मचारी भण्डारीको मुखमा चोट लागेको छ । कुटपिटमा संलग्न भएका सामुदायिक वनका उपाध्यक्ष समेत रहेका मिनसिह विष्टसंग सम्पर्क गर्न खोज्दा उनीसंग सम्पर्क हुन सकेन ।
कर्तव्य सिलसिलामा कुटपिट भएको कर्मचारीको न्यायका लागि डिभिजन वन कार्यालय कञ्चनपुर भने उदाधिन देखिएको छ । कर्मचारी कुटपिटमा संलग्न समुहमाथि कर्मचारीका अगुवाहरुले कार्बाहीको माग अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?