१९ कार्तिक २०८१, सोमवार
१९ कार्तिक २०८१, सोमवार

देशको संकटको विरुद्धमा लड्न युवा विद्यार्थी संगठित हुनुपर्छ : नेकपा

कञ्चनपुर, मंसिर २८ : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले जनजागरण अभियानको उदघाटन गरेको छ । बिहीबार नेकपा ले जिल्लाको ब्रह्मदेवबाट एकीकृत युवा तथा विद्यार्थी जागरण अभियान सुरु गरिएको छ ।

नेकपा कञ्चनपुरले पछिल्लो समयमा बढ्दो भ्रष्टाचार, कमिसनखोरी, सामाजिक विभेद लगायतका अन्य सामाजिक विकृति विसंगतिको विरुद्धमा युवा तथा विद्यार्थीलाई जागृत गर्ने उदेश्यका साथ अभियान उदघाटन गरिएको जनाएको छ ।

नेकपाको उक्त कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य कमल सी ले वर्तमान समयमा देखिएका संकटको विरुद्ध सचेत युवा विद्यार्थीले संगठित लाग्नु पर्ने बताए । विभिन्न क्षेत्रमा बढ्दै गएको भ्रष्टाचार , अनियमितता तथा लापरवाहीको अन्त्य गर्न सबैको दायित्व हो , उनले भने । अहिलेको संसदीय व्यवस्था भित्र संकट देखिए पछि यो समस्या निम्तिएको उनको भनाइ छ ।

नेकपा कञ्चनपुरका सचिव प्रकाश सीले समाजमा अनेक रूप धारण गरेका व्यक्तिले शक्ति र सत्ताको आडमा सरकारी संयन्त्रको प्रयोग गरी आफू केन्द्रित स्वार्थ पूरा गर्न लागि परेको बताए । उनले भने , “ अहिले कञ्चनपुरमा केही कमिसनखोरको सक्रियताका कारण जनताले सही सेवा सुविधा पाएका छैनन ।” विभिन्न स्थानीय तहमा निहित व्यक्तिको पकड़ छ जसको कारण जनताले सास्ती झेल्न परेको उनको भनाइ छ । देशमा युवाहरु बेरोजगार हुँदा लागू औषध जस्ता क्रियाकलापमा लागेका छन् यसको नियन्त्रण गर्न सम्बन्धित निकाय चुस्त तरिकाए लाग्नु पर्ने नेता प्रकाशले जिकिर गरे । नेकपाले आजबाट सुरु गरेको जागरण अभियान निरन्तर चल्ने जनाइएको छ । अभियानमा अखिल क्रान्तिकारी महाकाली ब्युरो इन्चार्ज शंकर सी , केन्द्रीय सदस्य ललित , जिल्ला संयोजक अनील सी र युवा संगठनका कञ्चनपुर संयोजक भरत सी लगायत नेताकार्यकर्ताहरु खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?