तत्कालीन माओवादी लडाकुका कम्पनी कमान्डर खड्का रूसी सेनामा : यस्तो छ उनको हालत !

दाङ । तत्कालीन माओवादी लडाकुका कम्पनी कमान्डर रामचन्द्र खड्का रूसी सेनामा भर्ती भएर युक्रेन विरुद्धको लडाइँमा होमिएका दाङका एक युवक घाइते भई उपचार गराइरहेको खुलेको छ । खड्का लडाइँका क्रममा युक्रेनको बागमोथमा बम आक्रमणमा परी घाइते भएका हुन् ।

रुकुमको खारा मूल घर भएका खड्का पढाइ छोडेर तत्कालीन माओवादी लडाकुमा कम्पनी कमान्डर सम्म भएका थिए । शान्ति प्रक्रियापछि रोजगारीको खोजीमा अफगानिस्तान पुगेका खड्का त्यहाँ नेटो सेनाको सहयोगी भएर दुई वर्षभन्दा बढी काम गरेका थिए ।

त्यसपछि वैदेशिक रोजगारीका लागि मलेसिया, दुबई, कुवेतमा तीन वर्ष बिताएका थिए । २०६८ सालमा रुकुमबाट दाङ झरेका उनले तुलसीपुर उपमहानगरपालिका–१९, थानगाउँमा व्यावसायिक कागती खेती पनि गरेका थिए । त्यसबाट खासै उपलब्धि नभएपछि ३७ वर्षीय खड्का तीन महिनाअघि ७ लाख रुपैयाँ खर्चेर भारतको नयाँदिल्ली, हैदराबाद हुँदै दुबईबाट रुस पुगेका थिए । उनी रुसी सेनामा सहजै भर्ती हुने सुनेर त्यता लागेका थिए ।

रुसमै रहेका अर्का नेपालीले बायाँ खुट्टा, साप्रा र कम्मरमा बमका छर्रा, गोली लागेका खड्काको मस्कोस्थित अस्पतालमा उपचार थालिएको बताए । उनलाई घटनास्थलबाट हवाई उद्धार गरिएको थियो ।

रामचन्द्रका बुबा, श्रीमती र दुई छोरा छन्  । खड्का उपचारक्रममा लामो समय अस्पताल बस्नुपर्ने हुन सक्ने जानकारी पाएका परिवारजन उनी पुनः लडाइँमा फर्कनुपर्ला कि भन्ने चिन्तामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?