३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

गौशालामा कार्यरत महिलामाथि दलित भन्दै विभेद , काम छोड्न दबाब

कञ्चनपुर , मंसिर २५ : कञ्चनपुरमा एक दलित महिला माथि गैर दलितले विभेद गरेका छन् । जिल्लाको भीमदत्त नगरपालिका ९ ब्रह्मदेव स्थित महाकाली गौं सेवा अनुसन्धान केन्द्रमा कार्यरत लक्ष्मी सर्कीमाथि दलित भएकै कारण कामबाट छोड्न दबाब दिएको खुलासा भएको छ ।

केही महिला यता देखि गौशालामा सरसफाइ गर्ने कार्य गर्दै आएकी लक्ष्मीलाई दलितले छोएको नचल्ने भएका कारण काम गर्न नपाइने भन्दै गौशाला समितिले दबाब दिए पछि भन्दै घटना बाहिरिएको हो ।

पीडित लक्ष्मी सार्कीले आफूलाई दलित भएकै कारण कामबाट निकाल्ने प्रयास भइरहेको बताइन् । उनले भनिन् , “मलाई तिमीले खाएको चिया , पानी चल्दैन त्यसैले काम गर्न नपाइने भनेर मलाई मानसिक तनाब दिइरहेका छन ।”“दुई वटा छोरी छन् – घर छैन आर्थिक अवस्था कमजोर छ यहाँबाट काम छोड भनेर दबाब दिँदा घर परिवार कसरी चलाउने भन्ने चिन्ता छ , उनले भनिन् । हिजो( मंसिर २४) साँझ पनि जाउँ भनेर मलाई धपाउन खोजे पछि केही दाइहरूले जिल्ला प्रहरी कार्यालयमा कुरा गरे पछि यता प्रहरीले आएर मलाई बस्ने व्यवस्था मिलाई दिएको लक्ष्मीले बताइन् । उनले भनिन् , “ म सँगै यहाँ गौशालामा काम गर्ने गोपाल बुढा र उनकी श्रीमतीले मलाई पानी छुन नदिने , तिमीले छोए पछि यहाँको दुध बिक्री हुँदैन भन्ने गरेका छन् ।”

महाकाली गौं सेवा अनुसन्धान केन्द्रका अध्यक्ष गजेन्द्र चन्दले आफूलाई उक्त विषयमा खासै जानकारी रहेको बताए । राप्रपा कञ्चनपुरका अध्यक्ष समेत रहेका चन्दले भने ,“ म पार्टीको काममा व्यस्त छु त्यहाँ कार्यरत मान्छेले विभेद गरेको भन्ने बारे सुनेको छू तर यथार्थ चाहिँ बुझ्न पाएको छैन ।” विभेद गर्ने गोपाल बुढा तर्फ संकेत गर्दै उनले भने , “ कुनै चेतना नभएर त गोबर सोहिर्ने काम गरिरहेका छन् उनीहरूले विभेद गरेका पनि हुन् सक्छन् तर आफू भएको ठाउँमा त्यस्तो अन्याय भने हुँदैन ।”

दलित अगुवा राजु राम भूलले भने यसरी सार्बजानिक ठाउँमा दलित भनेर विभेद गर्नु गलत रहेको बताए । उनले भने , “ यस्तो विभेद भएको घटना बाहिर आए पछि हामी केही साथीहरु बुझ्न त्यहाँ जाँदा पीडक भनिएका महाकाली गौं सेवा अनुसन्धान केन्द्रमा कार्यरत गोपल बुढाले विभेद गरेको स्वीकारेका पनि छन् ।”हिजो कञ्चनपुर जिल्ला प्रहरी संग हामीहरूले सहजीकरण गरी तत्काललाई त्यही बस्ने व्यवस्था मिलाइएको छ , उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?