भूकम्पपीडितलाई नेकपा महाकाली ब्युरोबाट २० हजार सहित ५ लाखको सामान सहयोग

कञ्चनपुर । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि नेपाल कम्युनिस्ट पार्टी महाकाली ब्युरो समितिले राहत सामग्री पठाएको छ । नेकपाले सहयोगीदाताबाट कञ्चनपुर सहित विभिन्न जिल्लाबाट संकलन गरेको राहत बिहीबार भूकम्प प्रभावित जिल्लामा पठाएको नेकपा महाकाली ब्युरो इन्चार्ज समर सी ले बताए ।

राहत सामग्रीमा लत्ता- कपडा, ब्लाङ्केट,खाद्यान्न , भाँडाकुँडा सहित नगद रकम पठाइएको उनले बताए । नेता समरका अनुसार करिब ५ लाख बराबरको सामान र नगद २० हजार रकम पठाइएको छ ।

उक्त राहत सामग्री नेकपा महासचिव विप्लवले हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

साथै नेकपा केन्द्रीय समितिले पनि उत्पादन गरेको २५ क्विन्टल चामल , १ लाख नगद सहित अन्य राहत सामाग्री, स्वास्थ्यकर्मी पठाई सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?