सोमबारदेखि परेको वर्षका कारण जनजीवन प्रभावित : बिहीबार सम्म पानी पर्ने अनुमान

काठमाडौं । देशका धेरै ठाउँमा रातभर ठूलो पानी परेको छ । सोमबारदेखि परिरहेको झरीले देशभरको जनजीवन प्रभावित भएको छ । बिहीबारसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । भाेलि बेलुकादेखि मात्रै मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

बाढी सूचना केन्द्रले धनकुटा,गोरखा,लमजुङ,कास्की,तनहुँ र पाल्पा आसपासका क्षेत्रमा मध्यमदेखि भारी बर्षा भएको हुँदा उक्त स्थान भई बहने स-साना खोलामा जलसतह बढ्न सक्ने र आकस्मिक बाढी आउन सक्ने भन्दै चेतावनी जारी गरेको छ ।

पछिल्लो १२ घण्टामा पाल्पाको अर्चलेमा १ सय ८ र चितवनको देवघाटमा १ सय ७ मिलिमिटर पानी परेको छ । यस्तै गोरखामा ८३,नवलपुरमा ७०,इलाममा ३५,धनकुटामा ३०,काठमाडौंको कीर्तिपुरमा ६०,लमजुङमा ६०,अर्घाखाँचीमा ३५,दाङमा ४० र कर्णाली चिसापानीमा ३० मिलिमिटर वर्षा भएको छ । कास्की,लमजुङ,गोरखा,पाल्पा, तनहुँ, लगायतका जिल्लामा पनि ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

जंगबहादुर पछिको राष्ट्रवादी प्रधानमन्त्री बालेन हुन : श्याम गौतम

नेपालले कसैको भूमि मिचेको छैन, प्रमाण सार्वजनिक गरियोस् : भण्डारी

३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौँ : बालेन

परराष्ट्रद्वारा १७ देशका लागि राजदूतको खुला आवेदन आह्वान

spot_img

छुटाउनुभयो कि ?