नाइट क्लबमा आगलागि हुँदा १३ जनाको मृत्यु

काठमाडौं । एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ ।

स्पेनको दक्षिण–पूर्वी सहर मुर्खियाको एक नाइट क्लबमा
आइतबार बिहान आगो सल्किएको र त्यसको चपेटामा अन्य दुई क्लब पनि परेको हुँदा १३ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार ला फोन्डा नामको नाइट क्लबबाट आगो सल्किएको थियो । त्यसबेला उक्त क्लबमा मानिसहरुको भिडभाड रहेको जनाइएको छ । आगो लागेसँगै डान्स फ्लोरमा मानिसहरुबीच भागदौड मच्चिएको प्रहरी अधिकारीले जनाएका छन् ।

उक्त घटनामा मृत्यु हुने अधिकांश जन्मोत्सव मनाइ रहेको परिवारका सदस्यहरु रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

अधिकारीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन् । साथै अझै १४ जना बेपत्ता रहेको जनाइएको छ । उद्धारकर्ताहरुले भग्नावशेष क्षेत्रमा खोजी कार्य जारी राखेका छन् ।

एक २८ वर्षीया महिलाले आफ्नी आमालाई पठाएको भ्वाइस म्यासेजमा भनेकी छन्, ‘आमा, म तपाईंलाई धेरै माया गर्छु । हाम्रो यहाँ मृत्यु हुनेछ ।’

आफ्नो पार्टनर र साथीहरुसँग उक्त क्लबमा गएकी ती महिला जीवित छिन् वा छैनन् भन्ने खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?