युवा संगठन कञ्चनपुर द्वारा वृद्धाआश्रममा वृक्षारोपण

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कञ्चनपुर जिल्ला समितिले वृक्षारोपण गरेको छ । शनिबार संगठनको आयोजनामा जिल्लाको बेदकोट नगरपालिका (७/८ )मा रहेको श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रको परिसरमा फलफूलका तथा अन्य बोट बिरुवा रोपेको हो ।

वातावरणीय पर्यावरणको सन्तुलन कायम राख्न र युवाहरुमा सकारात्मक सोचको प्रवाह गर्न वृक्षारोपण कार्य गरिएको युवा संगठन कञ्चनपुरका अध्यक्ष भरत सी ले बताए । पछिल्लो समय युवा जमात नराम्रा कुलतमा फसिरहेको बेला समग्र युवा जगतलाई समाज सेवा र देशभक्तिको भावना पैदा गर्न आफ्नो संगठनले यस्ता खाले सामाजिक अभियान गरिरहेको उनको भनाइ छ । यस अगाडि पनि युवा संगठनले लागू औषध सेवन विरुद्धको अभियान सञ्चालन गरेको थियो ।

आजको वृक्षारोपण कार्यक्रममा नेकपा जिल्ला इन्चार्ज विराट सी, अखिल क्रान्तिकारी केन्द्रीय सचिव प्रकाश सी, युवा संगठन महाकाली ब्युरो इन्चार्ज हर्क सी , अखिल क्रान्तिकारी महाकाली ब्युरो इन्चार्ज शंकर सी, केन्द्रीय सदस्य ललित सी, अखिल क्रान्तिकारी कञ्चनपुर संयोजक अनील सी लगायत अन्य नेता कार्यकर्ताहरुको सहभागिता रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?