ट्राफिक कार्यालय कञ्चनपुर : बिद्यालय सम्पर्क कार्यक्रम गर्दै

कञ्चनपुर , २७ भदौ : जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरिरहेको छ । बुधबार जिल्ला ट्राफिक कञ्चनपुरले जिल्लाको भिमदत्त नगरपालिका ३ भासी स्थित रहेको लिटिल बुद्ध एकेडमी सेकेन्ड्री स्कुलमा विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न गरेको छ ।

सो स्कुलका कक्षा १० र ११ का बिद्यार्थी,शिक्षक,स्कुलका कर्माचारीहरु लगायत अं.१५० जनाको सहभागितामा ट्राफिक प्रहरी परिचय र सवारी तथा ऐन नियम, सडक सुरक्षा (ROAD SEFTY) पैदल यात्रुले सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु,सवारी दुर्घटनाबाट बच्ने उपाय,सडकको परिचय सम्बन्धी ब्यवहारीक ज्ञानको विषयमा जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकले प्रशिक्षित गरेका थिए । यो विद्यालय सम्पर्क कार्यक्रम आगामी दिनमा निरन्तर रूपमा सञ्चालन गरिने पनि ट्राफिक प्रमुख विकले बताएका छन ।

पछिल्लो समय केही समय अगाडि मात्रै ट्राफिक कार्यालय कञ्चनपुरको प्रमुखको जिम्मेवारी सम्हालेका विकले कार्यालयको सक्रियता बढाएका छन् । ट्राफिक कार्यालय कञ्चनपुरको सवारी चालक संग छलफल तथा १ मिनेट कार्यक्रम पनि प्रभावकारी बन्दै गएको छ र ट्राफिक कार्यालय कञ्चनपुरले सवारी दुर्घटना न्यूनीकरण गर्न विभिन्न जनजागरण पैदा गर्ने र सबैलाई सचेत गराउने कार्य पनि गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?