सवारी साधन पार्किङको समस्या समाधानमा जोड दिन्छौँ : कञ्चनपुर ट्राफिक प्रमुख विक

कञ्चनपुर, भदौ १० : जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरमा कार्यालय प्रमुखको नयाँ जिम्मेवारी सम्हालेका इन्सपेक्टर नरेश विकले जिल्लाभर देखिएका पार्किङका समस्या समाधान गर्ने बताएका छन् । आईतबार ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगरमा आयोजित पत्रकार संग परिचयात्मक कार्यक्रममा इन्सपेक्टर विकले सवारी दुर्घटना न्यूनीकरण र व्यवस्थित गर्न जिल्लाको बजारक्षेत्र महेन्द्रनगर लगायत अन्य ठाउँमा पार्किङका समस्या समाधान गर्ने बताएका हुन् ।

ट्राफिक नियम सम्बन्धी जागरण पैदा गर्न विद्यालयहरुमा अध्ययरत विद्यार्थीसंग सम्पर्क अभियान सञ्चालनमा गर्ने बताएका हुन । विकले सवारी दुर्घटना न्यूनीकरण गर्न विद्यालयहरुमा अध्ययरत विद्यार्थीसंग सम्पर्क अभियान सञ्चालनमा गरिने बताए । विद्यार्थी एउटा सचेत वर्ग भएका कारण पनि विद्यार्थीलाई ट्राफिक नियममहरुको विषयमा ज्ञान अभिवृद्धि गराउने तथा जनचेतनामुलक जागरण अभियान सुरुवात गरिने उनको भनाइ छ ।

यातायात संग सम्बन्धित विभिन्न समस्याको समाधान गर्न स्थानीय तह , यातायात व्यवसायी संघ संगठनहरु लगायत सरोकारवाला निकायसंग छलफल र सहकार्य गरी अगाडि बढ्ने ट्राफिक प्रमुख विकले बताए । उनले भने ,“ यस जिल्लामा छाडा चौपायाहरुका कारण सडकमा दुर्घटनाको जोखिम बढी देखिएकाले यसको नियन्त्रण गर्नका लागि सम्बन्धित स्थानीय तह संग छलफल गरी समस्याको समाधान खोजिने छ ।”

कार्यक्रममा सहभागी मिडियायकर्मिले जिल्ला स्थित रहेका यातायात संग सम्बन्धित विभिन्न समस्याको समाधानका लागि ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख विकलाई सुझाव सहितको मनतव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?