रुस, युक्रेन युद्ध शुरु भएको पाँच सय दिन पुरा

काठमाडौं। रुसले सन् २०२२ को फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गरेको हुँदा आज लगातार रुसले युक्रेनमा आक्रमण शुरु गरेको पाँच सय दिन पूरा भएको छ ।

आक्रमण शुरु भएको पाँच सयौँ दिनमा युक्रेनी राष्ट्रपति भाेलोदिमिर जेलेन्स्कीले युद्ध शुरु भएको ठाउँ स्नेक आइल्याण्डको भ्रमण गरेका छन् । शुरुमा रुसले आक्रमण गरेको ब्लाक सी को यो टापु पछि युक्रेनले फिर्ता गरेको हो ।

एउटा भिडियो जारी गर्दै जेलेन्स्कीले स्नेक आइल्याण्डलाई विजयको ठाउँ भन्नुभएको छ । युक्रेन युद्धको ५ सय दिनमा नौ हजारभन्दा धेरै‍ नागरिक मारिएका छन् । जसमध्ये ५ सय बालबालिका रहेका संयुक्त राष्ट्रसङ्घलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तर ज्यान गुमाउनेको संख्या सरकारी तथ्याङ्कभन्दा धेरै हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले जनाएको छ ।

युद्ध शुरु हुने बेला रुसी सेनाले आत्मसमर्पणका लागि दिएको आदेश नमानी युक्रेनी सेना अन्तिम अवस्थासम्म लडेका थिए ।

समाचारसंस्था रोयटर्सका अनुसार युद्धमा रुसी सेनाका झण्डै ४३ हजार जना र युक्रेनी सेनाका झण्डै साढे १७ हजार जना मारिएका बताइए पनि यकिन तथ्याङ्क छैन । युद्धमा ज्यान गुमाएका र घाइते गरी साढे तीन लाख जनाभन्दा धेरै सैनिकहरु प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

बालेनको पुलिस होइन’ अभिव्यक्ति: के सरकारी संयन्त्र कसैको निजी संस्था हुन् ?

शैक्षिक संस्थाको विरोधबीच सरकारले शैक्षिक नियमावली–२०८३ लागू, कार्यान्वयनबारे बहस

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्रीहरूसहित २३ जना दोषी ठहर

spot_img

छुटाउनुभयो कि ?