एसइईमा कुन ग्रेड ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) हिजो (बिहीबार) सार्वजनिक गरेको छ। जसअनुसार एसइईमा माथिल्लो ग्रेड ल्याउनेको संख्या बढेको छ।

एसइईमा २२ हजार ४७५ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ०.८ देखि १.२ जीपीए २ हजार २ सय जनाले ल्याएका छन्। १.२ देखि १.६ जीपीए ३८ हजार ७७० जनाले ल्याएका छन्।

१.६ देखि २ जीपीए ८८ हजार ४४७, २ देखि २.४ जीपीए एक लाख २ हजार २९३ जना विद्यार्थीले ल्याएका छन्। २.४ देखि २.८ जीपीए ८९ हजार ३३१ जना,२.८ देखि ३.२ जीपीए ६२ हजार ३६२ जनाले ल्याएका छन् भने ५५ हजार ६९ जनाले ३.२ देखि ३.६ जीपीए ल्याएको बोर्डका सदस्य सचिव अर्यालले जानकारी दिए।

परीक्षा बोर्डले पुरानै पद्धतिअनुसार नतिजा सार्वजनिक गरेको छ तर सरकारले कक्षा-११ मा कुन-कुन विषय पढ्न कति ग्रेड हुनुपर्ने भनी तोकेको छ।
सी प्लस ल्याउनेले विज्ञान र गणित पढ्न पाउनेछन्। अंग्रेजी, नेपाली र सामाजिक विषय पढ्न न्यूनतम डी प्लस ल्याउनुपर्ने छ।

विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथ, कम्प्युटर साइन्स र एग्रिकल्चर पर्छन्। विद्यार्थीहरूले यी समूहमा भर्ना हुन सबै नतिजामा न्यूनतम जीपीए २ ल्याउनैपर्छ।

यसैगरी विषयअनुसार जस्तोसुकै ग्रेड ल्याए पनि न्यूनतम् जीपीए १.६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूहमा मात्र भर्ना हुन पाउने छन्। मानविकी र शिक्षा संकायमा अध्ययन गर्न समग्रमा १.६ जीपीए अनिवार्य गरिएको छ।

यस्ता छन् ग्रेडअनुसार पढ्न पाइने विषय :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?