अमेरिकाको फिलाडेल्फिया सहरमा गोली हानी चार जनाको हत्या

काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया सहरमा सोमबार गोली हानी चारजनाको हत्या गरिएको छ । प्रहरीका अनुसार घटनामा दुई र १३ वर्षका दुई बालबालिका घाइते भएका छन् ।

मृत्यु हुनेमा सबै पुरुष रहेका छन् । गोली प्रहार गर्ने संदिग्ध बन्दुकधारीलाई हिरासतमा राखिएको छ भने ती व्यक्तिको साथबाट राइफल र ह्यान्डगन बरामद गरिएको छ ।

ती व्यक्तिले बुलेटप्रुफ भेस्ट लगाएको प्रहरीले जनाएको छ । जुलाई ४ अर्थात् मंगलबार अमेरिकाले मनाउने स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा यो घटना भएको हो ।

यसअघि,आइतबार मेरिल्यान्डको बाल्टिमोरमा भएको गोलबारीमा दुईजनाको मृत्यु भएको थियो भने २८ जना घाइते भएका थिए । बीबीसीबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?