काठमाडौं, १८ असार । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्ने भएको छ ।
आज दिउँसो १ः०१ बजेबाट सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरुको कार्यभार तोकिएको सबन्धी पत्रहरुको ब्योहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यसैगरी,आजको बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने कायसूची रहेको छ । जसअनुसार आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय,सहरी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमाथि छुटाईएको बजेट माथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।
आजकै बैठकमा शिक्षा मन्त्री अशोककुमार राईले विद्यालय व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।














