काठमाडौँ। बागमती प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। प्रतिपक्ष दलहरूको अवरोधका कारण पटक पटक स्थगित हुँदै आएको वैठक पुन आज वस्ने भएको हो ।
बुधबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित राप्रपाका सांसदले आसनबाट उठेर विरोध गरेका थिए । उनीहरुको विरोधका बीच सभामुख पाठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलको कार्यसूची अघि बढाएका थिए ।
सो बैठकमा राप्रपाका बागमती प्रदेश संसदीय दलका नेता उद्वव थापाले मात्र सम्बोधन गरेका थिए। बैठकको कार्यसूची अनुसार सभामुख भुवनकुमार पाठकले बैठक सञ्चालन गरेलगत्तै नेता थापाको सम्बोधन सकिएलगत्तै सांसदहरूले पुनः विरोधको कार्यक्रमलाई निरन्तरता दिन उभिँदै गर्दा सभामुख पाठकले बैठक स्थगन गरेको रुलिङ गरे। बैठकमा विपक्षी दलले सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि राखिरहेका छन् ।














