मुग्लिङ सडक दुइ तर्फी अवरुद्ध

नारायणगढ। मुग्लिङ सडक दुइ तर्फी अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो।

अहिले पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ। पहिरोमा विद्युत्‌को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन शुरू गरिने प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। पहिरो हटाउने उपकरण तयारी अवस्था रहेको उनले बताए।

सो स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन्। पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?