यमनका हुथी विद्रोहीद्वारा पुनः युद्धको चेतावनी

एडेन । यमनको हुथी लडाकू समूहले बिहीबार सरकारी सेना र साउदी अरब नेतृत्वको गठबन्धनविरुद्ध पुनः लडाइँ सुरु गर्ने चेतावनी दिएको छ ।

विद्रोहीसँग जारी शान्ति वार्ताका क्रममा गठबन्धनले ‘छल र बेइमानी’ गरेको आरोप लगाउँदै उक्त समूहले यमनबाट गठबन्धन सेनालाई निष्कासित गर्न र सबै भूभाग कब्जा गर्न नयाँ सैन्य कारबाहीका लागि सक्रिय रूपमा तयारी गरिरहेको हुथी विद्रोही लडाकूका रक्षा प्रमुख मोहम्मद अल–अतिफीले घोषणा गरेका छन् ।

हुथी विद्रोहीले हालै गरेको सैन्य परेड र युद्धाभ्यास बल प्रदर्शन मात्र नभई नयाँ चरणको युद्धका लागि उनीहरूको तत्परताको सङ्केत भएको उनले बताए ।

यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा हुथी विद्रोही समूहले हालै ठूलो सङ्ख्यामा तैनाथ गरेको हुथी विद्रोही अखडाको भ्रमण गरेपछि नयाँ खतरा आएको हो ।

त्यसको जवाफमा साउदी नेतृत्वको गठबन्धनसमर्थित यमन सरकारका नेताहरूले आफ्ना सेना उच्च सतर्कतामा रहेको र कुनै पनि सम्भावित सैन्य वृद्धिको सामना गर्न तयार रहेको घोषणा गरेका छन् ।

यमनी सेनाको छैटौं क्षेत्रीय सैन्य कमाण्डका चिफ अफ स्टाफ मोहम्मद बिन रसियाहले हुथी विद्रोहीको ‘अकर्मण्यता’ र लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले चालिएका कदमहरूको प्रतिवाद गर्न व्यापक तयारी गरिएको बताएका छन् ।

शनिबार यमनका रक्षामन्त्री मोहसेन अल–दारीले हुथी विद्रोहीले इब प्रान्तमा आयोजना गरेको विशाल सैन्य परेडको प्रतिक्रियास्वरूप सरकारी सेनाले आफ्नो युद्धको तयारी बढाएको जानकारी गराएका थिए ।

विशाल सैन्य परेडमा हुथीविद्रोहीको सर्वोच्च राजनीतिक परिषद्का प्रमुख महदी अल–मशातले लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सन् २०१४ को अन्त्यतिर हुथी समूहले यमनको उत्तरी भागको अधिकांश भाग आफ्नो नियन्त्रणमा लिएको र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेपछि गृहयुद्ध सुरु भएको थियो । पछि यमनको सरकारलाई साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेनाले सघाएको थियो ।

उनीहरूबीच सन् २०२२ अप्रिल २ देखि युद्धविराम गर्ने सहमति भएपछि करिब एक बर्ष छिटफुट घटनाबाहेक यमनमा ठूला आक्रमणका घटना भएका थिएनन् । रासस/सिन्ह्व

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

spot_img

छुटाउनुभयो कि ?