काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई पनि सामुदायिक विद्यालयकै सरह सुविधा उपलब्ध गराउन सचेत गराएका छन् ।
आज सामाजिक सञ्जालमा एक सूचना सार्वजनिक गर्दै प्रमुख शाहले ऐनमा उल्लेख भएअनुसार नै शिक्षकलाई ,कर्मचारीलाई तलब उपलब्ध गराउन अवह्वान गरेका हुन् ।
‘शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाइ तलब दिनुपर्ने भनि उल्लेख छ । काठमाडौँ महानगरपालिका विद्यालय व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तबल भत्ता, निवृत्तिभरण, उपदानलगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिएबमोजिम हुने उल्लेख गरिए बमोजिम प्रमुख शाहले महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयका शिक्षकहरुले प्राप्त गर्ने तलब नै संस्थागत विद्यालयका शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौँ महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयलाई सूचित गराउनुभएको छ ।
सामुदायीक विद्यालयका शिक्षक र कर्मचारीले पाउने तलब:















