आहुतिको पार्टी विभाजित , जनयुद्धको अपमान गरेको आरोप »

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल फुटेको छ। सो पार्टीसंग सम्बन्ध बिच्छेद गरी बैज्ञानिक समाजवादी मोर्चा गठन भएको छ, जसको संयोजकमा आशिष र प्रवत्तामा सर्व श्रेष्ठ रहेका छन । आहुति नेतृत्वको उक्त पार्टीलाई प्रतिक्रान्तिकारी कित्तामा लैजाने योजनाहरुमा मात्र सिमित भएकोले उक्त पार्टीसंग सम्बन्ध बिच्छेद गरि वैज्ञानिक समाजवादी मोर्चा नेपाल गठन गरेको संयोजक आशिष र प्रवत्ता सर्व श्रेष्ठले संयुक्त बिज्ञप्तिमार्फत जानकारी दिएका छन।
बैज्ञानिक समाजवादी मोर्चाका संयोजक आशिष र प्रवक्ता सर्व श्रेष्ठले वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल विच्छेद गर्नका कारणहरुमा राजनैतिक , वैचारिक र सैद्धान्तिक मतभेद बढ्दै गएको , जनयुद्धको भावना विपरित जानु र अपमान गर्नु रहेको , संघीयताप्रतिको दृष्टिकोण बदल्दै जानु र प्रदेशहरु खारेज गर्दै जानु र पार्टीलाई गुटगत रुपमा सञ्चालन गर्नु रहेको जनाएका छन।
साथै संयोजक आशिष र प्रवत्ता सर्व श्रेष्ठले तसर्थ वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालसित सम्बन्ध बिच्छेद गरी बैज्ञानिक समाजवादी मोर्चाको गठन गरेको र बैज्ञानिक समाजवादी मोर्चामा न्यायप्रेमी जनतालाई गोलबद्ध भई क्रान्तिको कार्यभार पूरा गर्न आव्हान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?