रास्वपा द्वारा प्रतिनिधिसभा बैठक अवरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा प्रतिनिधिसभाको बैठक अवरोध गरिएको छ । रास्वपाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै मंगलबार प्रतिनिधिसभाको बैठक अवरोध गरेको हो ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय फिर्ता लिन निरन्तर आवाज उठाएपनि सरकारले वेवास्था गरेकाले फिर्ता नभएसम्म संसद सञ्चालन नहुने जानकारी दिए । उनले सभामुखमार्फत उक्त निर्णय तत्काल फिर्ता गर्न रुलिङको माग गरेका छन्।

उनले प्रशासन कार्यालयमा गाभ्ने निर्णय लोकतन्त्र विरोधी भएको र त्रुटि सच्याउन माग गरेका हुन्। यस अगाडि पनि जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमा गाभ्ने तयारी गरेको भन्दै एमाले र रास्वपाले विरोध गर्दै आएका थिए।

सभामुख देवराज घिमिरेले बजेटको मन्त्रालयत शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा जवाफ दिने जानकारी गराएपछि सांसदहरु उठेर विरोध गरेका छन्।

रास्वपाको अवरोधलाई एमालेले पनि साथ दिएको छ। एमालेका सांसदहरुले पनि संसदमा उठेर विरोध जनाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?