काठमाडौं । झापाको हल्दिबारीमा हात्तीको आक्रमणमा परु जना पुरूषको मृत्यु भएको छ ।
मंगलबार बिहान ४ बजे भद्रपुर नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ५३ का गिरेन कर्मकारको मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले बताएको हो ।
एकाबिहानै च्याउ टिप्न गएका कर्मकारको हल्दिबारी गाउँपालिका(२ को देउनिया खोलाको पुलबाट ३०० मिटर उत्तरमा सो घटना भएको हो ।
कर्मकारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।














