विप्लव मोर्चामा आउनुले गुणात्मक महत्व राखेको छ : प्रचण्ड

काठमाडौं, ४ असार । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले एकता र स्वतन्त्रताको संयुक्त मोर्चा बनाएको स्पष्ट पारेका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूहरुको मोर्चा कसैको विरुद्ध परिलक्षित नभएको स्पष्ट पारे ।

उनले बरु मोर्चा सबैलाई समेटेर अघि बढ्ने बताए । उनले मुलुकलाई समाजवादतर्फ लैजानको लागि आफूहरु गम्भीर रहेको सुनाए । उनले हिजो हतारमा नेकपाको गठन गरेको भन्दै अहिले भने हतार नगरी मोर्चाको बाटोबाट जान लागिएको जिकिर गरे । उनले आफूहरु यो मोर्चामार्फत नयाँ युगतर्फ अघि बढेको स्पष्ट पारे ।

उनले आफूहरु चार दलबीच निर्वाचनअघि नै मोर्चा बनाउने प्रयास भएको सुनाए । उनले मोर्चामा विप्लव नेतृत्व गरेको नेकपा पनि सहभागी भएकोलाई गुणात्मक महत्व रहेको सुनाए । उनले विप्लव मोर्चामा सामेल हुँदा आफूहरुजस्ता संसदीय राजनीतिमा लागेकाहरुलाई धुलोमैलो सफा गर्न मद्दत हुने विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?