काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो नगर क्षेत्रका हलमा भारतीय फिल्म चल्न नदिने निर्णय गरेका छन् । मेयर आचार्यले एक पत्र लेख्दै स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउनलाई फिल्म रोक्न पत्र मार्फत आदेश दिएका हुन् ।
आदिपुरुष फिल्म दिन प्रतिदिन विवादित बन्दै गरिरहेको छ । केही दिन अगाडी मात्र आदिपुरुस फिल्म बन्द गरेको महनार काठमाडौँमा आज सोमबारदेखि कुनै पनि भारतीय फिल्मको नलाग्ने घोषणा गरिएको हो । फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शनमा रोक्न एकपछि अर्काे गर्दै नेपाल महानगरपालिका अगाडि आउन थालेका छन् ।















