१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

राजनीतिज्ञमा कमाएर खाने भावना हुनुपर्छ : सुशीला कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीले कमाएर खानुपर्छ भन्ने भावना राजनीतिज्ञमा हुनुपर्ने बताएकी छन् ।
शनिबार काठमाडौंमा दिपेश घिमिरेद्वारा लिखित पुस्तक शासन र शासक, नेपाली दुखका विविध आयाम पुस्तक लोकार्पण गर्दै कार्कीले राजनीतिज्ञ भएर जीवनभर पुग्नेगरि कमाएर बस्ने प्रवृति भन्दा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताएकी हुन् ।

राजनीतिमा गएर जुका जस्तो टासिएर तीन पुस्ता, चार पुस्तालाई पुग्ने प्रवृतिमा परिवर्तन आउनुपर्ने उनको भनाइ छ । उनले गरिब जनताले सिटामोल समेत खान नपाउने अवस्था हुँदा सांसद पद पाएपछि लाखौं दिईरहनुपर्ने प्रवृति पनि समाप्त हुनुपर्ने जिकिर गरिन् । उनले भ्रष्टाचारमा लिप्त भएकाहरुलाई पाखा लगाएर युवाहरुलाई हरेक क्षेत्रमा अवसर दिनुपर्नेमा जोड दिइन् ।

त्यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा उपयुक्त लगानीको वातावरण नरहेको र त्यसलाई सुधार्न आवश्यक रहेको धारणा राखे । उनले भ्रष्टाचार बिरुद्ध सरकारको अभियान सकारात्मक रहेको भन्दै यसलाई शसक्त रुपमा अघि बढाउनुपर्ने बताए ।

उनले संघीयता सँगै भ्रष्टाचार बिकेन्द्रीकरण हुने संभावनामा सजक रहनुपर्ने उल्लेख गरे । सदनमा भ्रष्टाचार र अनियमिताका बारेमा आवाज उठाउदा डराउनुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले भ्रष्टाचारका बिषयमा सांसदले संसदमा आफ्नो पार्टी भन्दा पनि माथि उठेर बोल्न पाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?