१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

नेकपा सिन्धुपाल्चोक युवा संगठनले श्री सेती देवी मा.वि.मा गर्यो सरसफाई कार्यक्रम

काठमाडौं । नेकपा सिन्धुपाल्चोक युवा संगठनले श्री सेती देवी मा.वि.मा शुक्रबार सरसफाई कार्यक्रम सम्पन्न गरेकाे छ ।

युवा संगठन नेपालको छौटौ पूर्ण बैठकबाट निर्णय गरि देशका सबै जिल्लाहरुमा सरसफाई गर्ने योजना अन्तर्गत सिन्धुपाल्चोकमा पनि सरसफाई गरिएको युवा संगठन नेपालका जिल्ला इन्चार्ज तथा संगठनका केन्द्रीय सदस्य सुमन सीले जानकारी दिएका हुन् ।

देशभरी रहेका सरकारी संस्थानहरु अस्तव्यस्त भएकोले राज्यलाई सरसफाई गरेर ध्यानाकर्षण गर्न र सरकारी संस्थानभित्रको वातावरणलाई सरसफाईयुक्त बनाइ व्यवस्थित बनाउनको निम्ति दबाबमुलक कार्यक्रमको आयोजना गरिएको युवा संगठनले बताएको छ ।

उक्त सरसफाइ कार्यक्रममा पार्टीको जिल्ला इन्चार्ज किरण सि, संगठनकाे केन्द्रीय सदस्य सुमन सि,जिल्ला अध्यक्ष कुमार सि, उपाध्यक्ष युवाराज सि,जिल्ला पार्टी र युवा संगठनसहित स्कुलका विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।

यसैअन्तर्गत शुक्रबार युवा संगठन नेपाल रामेछापले जिल्ला सदरमुकाम मन्थलीकाे गाइखुरा सरसफाइ कार्यक्रम सम्पन्न भएकाे छ । सरसफाई कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज चैतन्य सि , जिल्ला सेक्रेटरी बद्री,युवा संगठन रामेछाप अध्यक्ष देव सिसहित जिल्लाकाे युवा संगठनकाे नेताकार्यकर्ता सहभागिता रहेकाे थियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?