काठमाडौँ । शुक्रबार संघीय संसद सचिवालयको कर्मचारी युनियनले सूचना जारी गर्दै संसदीय सिमितिको बैठक बिहानै गरेर कर्मचारीको श्रम शोषण गरेको भन्दै विरोध जनाएका छन् ।
संसदीय सुनुवाइ बिहान गरिएकोमा संसद सचिवालयका कर्मचारीले उक्त सूचना सार्बजनिक गर्दै विरोध जनाएका हुन् ।
कर्मचारीहरूको कार्यालय समयबाहेक बिहान ८ बजेदेखि राति १० बजेसम्मको खटाइलाई संसद सचिवालय संचालन तथा व्यवस्थापन समिति र अर्थ मन्त्रालयले कमजोरीका रूपमा लिएको सूचनामा उल्लेख छ।
‘सचिवालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको अहोरात्र खटाइलाई संसद सचिवालय संचालन समिति र अर्थ मन्त्रालयले कमजोरीका रूपमा लिई गम्भीर श्रम शोषण गरिरहको हुनाले आजको संसदीय समितिको बैठक सांकेतिक रूपमा ३० मिनेटपछि मात्र सुरू हुने व्यहोर अनुरोध गर्दछु’ युनियनका अध्यक्ष गोविन्द प्रसाद बेल्बासेले जारी गरेको सूचनामा उल्लेख छ।















