१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

कागज देखाएर कृषि अनुदान लिने काम बन्द हुन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले कृषि क्षेत्रमा दिने अर्बौं अनुदानको दुरुपयोग भएको बताएका छन् । अनुदान वास्तविक किसानले नपाएको बताउँदै अर्थमन्त्री महतले अब उत्पादनमा आधारित भएर मात्रै अनुदान दिइने बताए ।

बिहीबार अर्थमन्त्रालयमा किसानहरुसँगको भेटघाटमा उनले भने, ‘सरकारले कृषि क्षेत्रमा दिने अर्बौं अनुदानको सदुपयोग भएन, दुरुपयोग भयो । कागज देखाएर मात्रै अनुदान लिएका थिए, अब त्यसरी हुँदैन । उत्पादनमा नै अनुदान दिने हो ।’ कृषिकलाई एक तहको संरक्षण दिनुपर्ने मान्यताका साथ २०८० को आर्थिक विधेयक प्रस्तुत गरिएको उनले बताए ।

स्वदेशमै उत्पादन बढाउन र स्वदेशी उत्पादनलाई संरक्षण गर्नका लागि आलु, प्याजमा कर लगाएको उनको भनाई छ । उनले आयातित आलु, प्याज रोक्ने र स्थानीय उत्पादनको प्रोत्साहन तथा सरंक्षण गर्ने सरकारको मुख्य उद्देश्य रहेको बताए ।

‘यो करको व्यवस्थाले मुलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ, स्थानीय उत्पादनलाई महँगो बनाउँदैन । आयातको सट्टा मुलुकभित्रै उत्पादन बढाऔं, त्यसले रोजगारी पनि सिर्जना हुन्छ । उत्पादनकर्ता पनि उत्साहित हुन्छन् । नेपाल आत्मानिर्भरता तर्फउन्मुख हुन्छौं भनेर प्रस्ताव गरिएको हो’, उनले भने । तरकारीमा कर लगाउने सरकारको कदम मुलुकलाई आत्मानिर्भर उन्मुख गराउने उद्देश्य रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?