१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

महाकाली अस्पतालका डाक्टरले उपचार गर्न नमान्दा बिरामीलाई सास्ती

महेन्द्रनगर ,जेठ ३१ : कञ्चनपुरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा सर्वसाधरण जनताले सहज सेवा सुविधा नपाउने भएका छन् । जसको उदाहरणको रूपमा बुधबार घटेको एक घटनालाई लिन सकिन्छ ।

के हो घटना ?

हिजो ( मंगलबार ) ४ बजे महाकाली प्रादेशिक अस्पतालमा भीमदत्त नगरपालिका ८ तिलचौरकी निलम लावड भर्ना हुन्छिन् । शरीरको दुवै काखिको भागमा मासु पलाएपछि उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् लावड । सरकारी अस्पताल भएकाले निःशुल्क उपचार हुने सोचेर गएका उनीहरूलाई अस्पतालका स्वास्थ्यकर्मीले शुल्कको कुरा गरेपछि उनीहरु बीच सामान्य विवाद हुन्छं । शुल्क लाग्ने थाहा पाएपछि बिरामीका आफन्तले आज जेनतेन उपचार गर्न पैसाको जोहो त गर्छन तर अप्रेशन गर्ने सर्जन डाक्टर जनार्दन जोशीले भने विवादको बहाना झिक्दै उपचार गर्ने मानेनन् र आज हुने भनिएको बिरामी लावडको उपचार भएन ।

बिरामीका कुरुवा बसेका नरेश महरले भने , “ बिरामीको उपचारमा लाग्ने खर्चको विषयमा सामान्य कुराकानी भएको थियो र हामीले के कति लाग्ने भनेका थियौ , पैसा लाग्ने थाहा पाएपछि जेनतेन ऋण गरेर पैसा जम्मा गरी अप्रेसनमा लाग्ने १२ हजारको औषधि किनेर ल्याई सकेका थियौ तर डाक्टरले उपचार गर्ने मानेन ।”

बिरामीका आफन्त र चिकित्सकविचको विवादले रोगसंग लडिरहेकी निलम लाबड उपचारबाट बञ्चित भएकी छिन । दुई दिनदेखि अप्रेसनको पखाईमा रहेकी लाबडको चिकित्सकले उपचार गर्न नमानेपछि बिरामी मृत्युको मुखमा पुग्ने जोखिम बढिरहेको छ । बिरामीका आफन्त शुशिल ओखेडाले चिकित्सकसंग समान्य शुक्कको विषयमा कुरा गर्दा उपचार नगरेको बताए ।

अप्रेसन जस्तो अति सम्वेदनशिल काम भएको भन्दै सर्जन डा. जनार्दन जोशीले अप्रेसन गर्न नमानेपछि बिरामीका आफन्त आन्दोलित भएका छन् । बहाना झिकेर अस्पतालले उपचार गर्ने मनसाय नदेखाएको आफन्तको गुनासो छ ।

अप्रेसनमा खटिएका सर्जन डा. जनार्दन जोशीले बिरामीका आफन्तले सुरुमै विवाद भएका कारण अप्रेशन प्रक्रिया अगाडि नबढेको बताएका छन् तर वास्तविकता त्यस्तो देखिँदैन ।

बिरामीका आफन्तले आफूहरुले विवाद हुने कार्य नगरेको र त्यसो भएको भए अस्पताललाई पुष्टि गर्न चुनौती दिएका छन् ।

सो विषयमा बुझ्न महाकाली प्रादेशिक अस्पताल पुगेका विप्लव निकट नेकपा जिल्ला इन्चार्ज विराट सी ले जनतालाई सहज रुपमा उपचार हुनुपर्ने सरकारी अस्पतालले यस्तो व्यवहार गर्नु गैर जिम्मेवार कुरा रहेको बताएका छन । उनले भने ,“ निजी अस्पताल सँगको मिलेमोतोमा सरकारी अस्पताल माफियाको कब्जामा छन् ।” अस्पतालले उपचार नगरे कडा आन्दोलन गर्ने उनको भनाइ छ ।

अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले बिरामीका आफन्त र डाक्टर बीच विवाद हुँदा बिरामीको अप्रेशन नभएको बताएका छन् । उनले भने, “ मैले उपचार गरिदिनु भन्दा डाक्टरले म गर्दैन भने मैले जबर्जस्ती अप्रेशन गर भन्नु त भएन तर उपचार गर्नका लागि सहजीकरण गरिने उनी बताउँछन ।”उक्त विवादको विषयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले सम्बन्धित निकाय संग छलफल गरी बिरामीको उपचारमा सहजीकरण गरिने बताए ।

प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर जनार्दन जोशी महेन्द्रनगरकै निजी अस्पताल मन्त्र अस्पतालमा पनि काम गर्ने खुल्नमा आएको छ । महाकाली अस्पतालले उपचार सम्भब भएका बिरामीलाई पनि उपचार गर्न सकिँदैन भनेर निजी अस्पतालमा पठाउने गरेको जन गुनासो समय समयमा बाहिरिने गर्छन ।

संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । उक्त धाराको उपधारामा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन भनिएको छ । तर अस्पतालले भने गैरन्यायिक तरिकाले आफ्नो दायित्व बिर्सने गरी सेवाग्राहीलाई दुःख दिएको छ ।

बिरामी लावडको भोलि उपचार हुने भनिएको छ तर उपचार भने हुन्छ कि नै त्यो भने अहिले नै भन्न सकिने स्थिति छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?