१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

छुवाछुत र विभेदमा विश्वास गर्ने व्यक्ति कम्युनिस्ट हुन सक्दैन : समर सी

कञ्चनपुर , जेठ ३१ : अहिलेको एक्काइसौं शताब्दीमा पनि विभेद र छुवाछुतमा विश्वास गर्नेहरू कम्युनिस्ट हुन् नसक्ने नेकपा नेता समर सी ले बताएका छन । बुधबार कञ्चनपुरमा नेकपा श्रमिक मोर्चा केन्द्रीय विभाग द्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यसो बताएका हुन् ।

परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक अन्तरक्रियामा सम्बोधन गर्दै नेता समरले बदलिएको वर्तमान परिवेशमा श्रमिक समुदाय माथि कसैले पनि विभेद गर्नु नहुने बताए । हाम्रो समाजमा हिजोका सामन्त वर्गले आफ्नो वर्गको प्रभुत्व कायम गर्न स्थापित गरेको विभेद र अन्यायका विरुद्धमा सबै सचेत तप्काले आन्दोलनमा जोडिन आबस्यक छ , नेता समरले भने । आजको परिवर्तित विश्वमा उत्पीडित श्रमिक वर्ग आफैले मात्रै पनि मुक्ति सम्भव नहुने र यसका सबै वर्गले विभेदको मानसिकतालाई त्याग्नु पर्ने उनको भनाइ छ । उनले भने , “ हाम्रो पार्टीले यस्तो खाले विभेदका अन्त्यका लागि ‘सी’ जातिको अवधारणा विकास गरेको छ र त्यसै अन्तर्गत नयाँ संस्कृतिको निर्माण गर्ने विषयलाई अगाडि सारेको छ । वर्षौं देखि उत्पीडित वर्गका रूपमा रहेको दलित वर्गको विगतको जनयुद्धमा पनि ठूलो भूमिका रहेको तर नेताहरूको धोकाका कारण देशमा प्रतिक्रान्तिले ठाउँ लियो , उनले भने जसको कारण हिजो जनयुद्धमा ठूलो योगदान गरेको दलित वर्गले नै आज हेपिएर , अपमानित बसेर जिउन पर्ने स्थिति छ ।”

यसको अन्त्य हुने भनेको वर्गीय संघर्षबाट हो , वर्गीय मुक्ति बिना कुनै पनि वर्गको मुक्ति सम्भव नहुने नेकपा नेता समरले बताए ।धर्मको नाममा , वर्णको नाममा, जातको नाममा कसैलाई पनि विभाजित र विभेदित गर्न नहुने उनको जिकिर छ ।

नेकपा केन्द्रीय सल्लाहकार सदस्य तथा श्रमिक समुदाय केन्द्रीय विभाग अध्यक्ष सन्तोषी सि ले श्रमिक समुदायको इतिहास , वर्तमान र भविष्यबारे समेटिएको अवधारण सहितको कार्यपत्र पेस गरेको थिइन ।

अन्तर्क्रिया कार्यक्रममा अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष ओम प्रकाश जोशी , माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य राजुराम भूल , वैध निकट माओवादीका नेता बिष्णु नेपाली , कांग्रेस निकट दलित संघ कञ्चनपुरका सभापति गणेश नेपाली , माओवादी केन्द्रका नेता गणेश विक लगायतले अन्तरक्रियामा पेस भएको कार्यपत्र अवधारणा माथि टिप्पणी गरेका थिए ।

सन्तोषी सी को अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा प्रमुख अथितिमा नेकपा महाकाली ब्युरो इन्चार्ज समर सी, अथितीहरुमा नेकपा केन्द्रीय सदस्य द्वय अर्जुन सी, विराट सी, र अन्य पार्टीका नेताहरु तथा सरोकारवाला निकायहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?