काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्यूरो अन्तर्गत भक्तपुर जिल्ला चागुनारायण नगरपारिकामा ६ सदस्यिय सेल कमिटी निर्माण गरीएको छ । २५ गते भक्तपुरमा बसेको एक प्रशिक्षणात्मक बैठक बाट राजेन्द्र केसी को संयोजकत्वमा ६ सदस्यिय सेल कमिटी निर्माण गरिएको अपार सी ले जानकारि दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि अखिल सी ले नब निर्माण कमिटी लाई बधाई तथा स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टीका एजेण्डा हरुलाई आत्मसाथ गरी अगाडि बढ्नु पर्ने बताए । उनले,नेपाल कम्युनिस्ट पार्टी केन्द्रले तत्काल तयार गरेको नयाँ योजना को मर्म लाई जनमास सम्म पुर्याउन अपिल पनि गरेका थिए ।
भक्तपुर जिल्ला कमिटी सदस्य तथा चागुनारायण नगर इन्चार्ज रन्जित सी को अध्यक्षतामा बसेको उक्त बैठकमा भक्तपुर जिल्ला सूचना संचार बिभाग प्रमुख तथा मध्यपुर थिमी नगर इन्चार्ज अपार सी ,श्रमिक समुदाय नेपाल केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला कमिटी सदस्य दिनेश सी,लगाएतका नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।














