शान्ति प्रक्रिया टुंगोमा पुर्याउन चीन सकारात्मक : अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा चीन सकारात्मक रहेको बताएका छन ।

चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण सकेर फर्किएको प्रतिनिधिमण्डलको पत्रकार सम्मेलनमा माओवादी उपाध्यक्ष सापकोटा नेतृत्वको टोली बिहीबार साँझ मात्र नेपाल फर्किएको थियो । त्यसको भोलिपल्ट शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष सापकोटाले यस विषयमा चीनले चासो राखेको बताए ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको चीनले बताएको उनको भनाई छ । ‘असल मित्रको हैसियतले सबै कुरा भनिदिनुभयो भने हामीलाई सहयोग गर्न सहज हुन्छ भन्नुभयो’, उनले भने ।

‘विश्व शान्तिका लागि चीनले जुन पहल गरेको छ । त्यसमा हाम्रो पहल कदमी हुन आवश्यक छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखसँग भेट भयो । विभिन्न प्रान्तका सेक्रेटरीहरु र प्रान्तका सरकार प्रमुखहरुसँग भेट भयो’ सापकोटाले भने, ‘दुई पार्टीबीच सम्बन्ध विकास गर्ने सवालमा नियमित भ्रमण हुँदै आएको छ । हामीले गरेको यो १९ औं भ्रमण हो ।’

चीनले एउटा असल छिमेकीको रुपमा खुलस्त भनिदिएमा सहयोग गर्न सहज हुने उल्लेख गरेको उनको भनाई छ । ‘चीनले विश्वलाई नै चकित पार्नेगरी विकास गरेको छ । गरिबी निवारणमा खेलेको भूमिका चमत्कारिक छ । चीनको आधुनिकरण बहुआयामिक छ । उनीहरुले गरेको विकास यो आधुनिकरण र नयाँ विश्व व्यवस्थाका लागि हो भन्ने गर्छन् । हेर्दा साच्चिँकै चीनले धेरै नै विकास गरेको छ’, उनले भने ।

उनका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सन्देश चिनियाँ नेताहरुसमक्ष राखिएको छ । चीन उड्नुअघि प्रधानमन्त्रीलाई भेटेको भन्दै उनले भने, ‘के सन्देश छ त भनेर सोधे भने मैले उहाँहरुलाई के भनौं भनेर सोध्दा जुलाइ लास्ट वा अगष्टको फस्टतिर चीन भ्रमणको सम्भावना छ ।’

उनले भने, ‘दोस्रो, बीआरआई अन्तरगत अहिले सस्तो ब्याजमा ऋण भनिएको छ, केही योजना अनुदानमा भए विकास निर्माण अगाडि बढाउन सजिलो हुन्छ भन्ने थियो ।’

यही सन्देश आफूले चिनियाँ नेताहरुसँग राखेको उनको भनाई छ । चिनियाँ नेताहरुले हुन्छ त नभनेको, तर मन्त्रीले माथि भन्छौं भनेकाले सकारात्मक मानेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?