१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

शिक्षक लाइसेन्स परीक्षामा सबैले सहभागी हुन् पाउने

काठमाडौं : सरकारले शिक्षक लाइसेन्सको परीक्षामा जुनसुकै विषय पढेका व्यक्तिहरुले पनि सहभागी हुन पाउने व्यवस्था गर्ने घोषणा गरेको छ। सरकारले आर्थिक वर्ष २०८०/०८१को बजेटमार्फत उक्त कार्यक्रम घोषणा गरेको हो।

यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा लिन पाउँथे। तर त्यसलाई हटाउँदै सरकारले सबैलाई खुला गरेको हो।

अन्य क्षेत्रका मानिसहरुलाई पनि शिक्षण पेसामा आकर्षित गर्नका लागि सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत शिक्षक लाइसेन्सको परीक्षामा सहभागी हुने बाटो खोल्ने घोषणा गरेको हो।

‘अध्यापन अनुमतिपत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानुनी व्यवस्था मिलाइनेछ,’ बजेटमा भनिएको छ। त्यस्तै प्रधानान्याधापक छनोट प्रतिस्पर्धाबाट गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने सरकारले घोषणा गरेको छ।

विद्यालय स्रोत केन्द्रलाई नयाँ स्वरुपमा पुनस्थापना गरी शिक्षण अवलोकन, नमुना शिक्षण, पुनर्ताजगी लगायतका कार्यक्रम सन्चालन गरिने कार्यक्रममा उल्लेख छ।

शैक्षिक सत्र सुरु हुनु अगावै सामुदायिक विद्यालयहरुका सबै विद्यार्थीको हातमा निःशुल्क पाठ्यपुस्तक र विद्यालयमा पाठ्यपुस्तक तथा पाठ्यक्रमको विद्युतीय प्रति पनि उपलब्ध गराइनेछ। यस कार्यक्रमको लागि रु. तीन अर्ब ५८ करोड बजेट छुट्याइएको अर्थमन्त्री महतले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?