काठमाडौं, १५ जेठ । नेपाल सरकारले काठमाडौंको टुँडिखेलमा आज १६औँ गणतन्त्र दिवस मनाएको छ । हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा उडाई भिभिद कार्यक्रमसाथै पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो ।
।कार्यक्रममा उपराष्ट्रपति,प्रधानमन्त्री,सभामुख,राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुख उपस्थिति रहेको थियो ।
प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही सम्झनामा हरेक वर्ष जेठ १५ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै आइएको छ ।
करिब २४० वर्षको शाहवंशीय राज संस्थाको अन्त्य भएको घोषणा गरिएको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइँदै आएको छ ।














