कञ्चनपुर । ८ बैशाखमा बाघको आक्रमणमा परेर मृत्यु भएकी कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईकी ४२ वर्षिया गंगादेवी चन्दको परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गरिएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बुधबार मृतक चन्दको घरमैँ पुगेर उनका पति डम्बर चन्दलाई राहत रकम हस्तान्तरण गरेका छन् ।
डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार वन्यजन्तुबाट हुने क्षतिपूर्ति निर्देशिका बमोजिम राहत रकम हस्तान्तरण गरिएको हो ।














