१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ

बैजपुर। राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ परेका छन् । गएराती राप्ती सोनारी वडा न. ३ बाट ग्रभेल चोर्दै गरेको अवस्थामा प्रहरीले २ वटा टिप्पर र १ जेसिभी पक्राउ गरेको हो ।

मध्य रातमा राप्ती नदीबाट उत्खन्न गरेर ग्रावेल चोरी गर्ने रा १ क १०९५, रा १ क १०९६ नम्बरको टिप्पर र भे १ प १९३८ नम्बरको जेसीभी पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी नायव निरिक्षक प्रविण डाँगीले जानकारी दिएका छन् ।

स्थानीय युवाहरुको सक्रियतामा पक्राउ गरिएको जानकारी दिदै प्रहरी निरीक्षक डाँगीले कारवाहीको लागी राप्ती सोनारी गाउँपालिकाको कार्यालयमा पठाइने वताएका छन् ।

स्थानीय युवाहरुले वताए अनुसार केही ठेकेदारहरुले अगैया देखि लटनिया सम्म निर्माण हुँदै गरेको खड्का निर्माण सेवाको साइडमा ग्राभेल बोक्न लागेका छन् । रातीको समयमा अवैध रुपमा उत्खनन गरेरल चोरी गर्ने जो कोहीलाई कानुन अनुसार कारवाही गर्ने राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले वताए ।
पक्राउ परेको टिप्पर र जेसीभि राप्ती सोनारी ३ सिनाबाजमा तटबन्धको काम गर्दै गरेको भाग्य लक्ष्मी मामा जे.भीको रहेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?