डोटी , जेठ ७ : नेपाल कम्युनिस्ट पार्टी डोटी जिल्लाको आन्दोलनले जिल्लाको बडीकेदार गाउँपालिकाका जनताले राहत पाउने भएका छन् । प्रभु बैंकबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता अब आगामी साउन देखि सम्बन्धित वडा कार्यालयबाट नै वितरण हुने भएको छ ।
यो भन्दा अगाडि सामाजिक सुरक्षा भत्ता डोटीको बडीकेदार गाउँपालिकामा वडा नम्बर १ विपि नगरमा रहेको प्रभु बैंक लिमिटेडबाट वितरण हुँदै आएको थियो । जसले गर्दा जनतालाई सास्ती भए पछि नेकपाले संघर्षका कार्यक्रम गर्दै आएको थियो र सोही मागलाई सम्बोधन गर्न माग गर्दै २०७९/११/१२ गते नेकपाले बडिकेदार गाउँपालिकामा तालाबन्दी समेत गरेको थियो ।
बडीकेदार गाउँपालिका , प्रभु बैंक लिमिटेड बडीकेदार शाखा र नेपाल कम्युष्ट पाटी डोटी बिच आईतबार बडीकेदार गाउँपालिकामा बसेको सर्वदलिय बैठकले त्रिपक्षिय छलफल गरेको छ ।
नेपाल सरकार बाट ज्येष्ठ नागरिक, अपाङ्ग असक्त्त बालबालीका लगायतका लागी आउने सामाजिक सुरक्षा भत्ता पालिकाका प्रत्येक वडाबाटै भत्ता बुझ्ने व्यवस्था गरीनु पर्ने माग सहीत छलफल भएको नेकपा डोटी इन्चार्ज बिमल धामीले बताउनु भयो ।
बडीकेदार गाउापालिकाको वडा नम्बर ५ को वडा कार्यालय रन्तोलामा , वडा नम्बर ३ को वडाकार्यालय र तल्लो भेग मुलेचौर , वडा नम्बर ४ को वडा कार्यालयमा र वडा नमबर १ को वडाध्यक्षले तोकेको ठाँउमा वितरण गर्ने सहमति भएको बडीकेदार गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कर्ण जेठराले बताए । साथै त्रौमासिक रुपमा प्रत्येक वडामा महिनको चार दिन सम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सहमति भएको पनि वडाध्यक्ष जेठराले बताए ।
आईतबार बसेको छलफलमा बडीकेदार गाउँपालिकाको तर्फ बाट गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साँउद , प्रमुख प्रशासकिय अधिकृत दिलाराज भट्ट, वडा नम्बर ५का वडाध्यक्ष पदम सिँ बोहरा , वडा नम्बर ३ का वडाध्यक्ष राम बहादुर गुरुङ , वडा नम्बर ४ का वडाध्यक्ष कर्ण जेठरा र कार्यपालिका सदस्य प्रेम सार्कीरहेका थिए । नेपाल कम्युष्ट पाटीडोटी तर्फबाट डोटी जिल्ला इन्र्चाज विमल धामी , कृष्ण बोहारा जिल्ला सचिव , दिपेन्द्र जेठारा बडीकेदार इन्चार्ज शुशिल मलासी जिल्ला कमिटी सदस्य , धन बहादु्र बोहरा जिल्ला कमिटी सदस्य , कमल चन्द कैलाली जिल्ला कमिटी सदस्य लगायतको सहभागीता रहेको थियो । भने प्रभु बैंक लिमिटेड को तर्फबाट नन्दराज जोशी सुदुर पश्चिम प्रदेश प्रमुख, राजेन्द् साउद शाखा प्रबन्ध बडीकेदार र प्रदेश अधिकृत ,मुकुन्दराज पन्त र उर्मिला चन्द को सहभागीता रहेको थियो ।














