२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

‘राष्ट्रिय संकट गहिरिँदै, सरकार दिशाहीन’: कीर्तिपुरमा विप्लव सँगै बुद्धिजीवीको गम्भीर बहस

काठमाडौँ,— अखिल समाजवादी केन्द्रीय समितिद्वारा कीर्तिपुरमा आयोजित ‘राष्ट्रिय संकट र विश्वविद्यालयको भूमिका’ विषयक अन्तर–संवाद कार्यक्रममा प्रमुख अतिथि नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राजनीतिक राज्य–व्यवस्था असुरक्षित र अनिश्चितताले ग्रस्त हुँदै गएको बताएका छन्।

विप्लवका अनुसार “देश छ, तर सरकार छ कि छैन भन्ने अराजक र दिशाहीन अवस्था” ले सर्वसाधारणदेखि बुद्धिजीवीसम्म गहिरो दबाब र असन्तोष सिर्जना गरेको छ। उनले हालै देशभर तीव्र बनेको Gen Z आन्दोलनलाई भ्रष्टाचार, असमानता र खराब शासनप्रतिको दीर्घकालीन असन्तुष्टिको उभार भएको बताए। यस आन्दोलनले युवा, विद्यार्थी र आम नागरिकमा ‘आलोचनात्मक चेतना’ र ‘सक्रिय प्रतिरोधको भावना’ बढाएको उनको विश्लेषण थियो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा. खडक केसी, विभिन्न TU का केन्द्रीय र आङ्गिक क्याम्पसका प्राध्यापकहरू, साथै विभिन्न अनुसन्धान केन्द्रका निर्देशकहरू समेत उपस्थित थिए। उनीहरूले वर्तमान राजनीतिक गतिशीलता, युवा हस्तक्षेपको वृद्धि, रोजगारी संकट, शासन सुधार, तथा सामाजिक–आर्थिक असन्तुलनबारे विस्तृत बहस–विमर्श गरे।

वक्ताहरूले अन्तरिम सरकारको सम्भावित मार्गरेखा, संविधान संशोधनको आवश्यकता, र राज्य संयन्त्रलाई दीर्घकालीन रूपमा कानुनी, समावेशी र जवाफदेही बनाउने उपायहरूबारे पनि महत्वपूर्ण सुझाव प्रस्तुत गरे। विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा बौद्धिक क्षेत्रले नीति–निर्माण, तथ्य–आधारित अनुसन्धान र प्रभावकारी कार्यान्वयनमार्फत राष्ट्रिय पुनर्निर्माणमा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिइयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?