तोकिएकै समयमा चुनाव गर्न पाँच विद्यार्थी संगठनको माग

कञ्चनपुर: जिल्लाका क्रियाशिल पाँच विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयमा तोकिएकै मिति १४ साउनमै स्ववियु चुनावको माग अघि सारेका छन । अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल (समाजवादी), बहुमत निकट क्रान्तिकारी र प्रजातान्त्रिक विद्यार्थी संगठनले तोकिएकै समयमा स्ववियु चुनावको माग अघि सारेका हुन ।
बुधबार उपकुलपति डा. हेमराज पन्त, रजिष्ट्रार डा. बिनोद लेखक सहितका पदाधिकारीहरुलाई भेटेर विश्वविद्यालय चुनाव गर्न आनाकानी गर्न नहुने तर्क राख्दै जसरी भएपनि पुन समय तालिका निकालेर चुनाव गराउन ध्यानाकर्षण गरेका छन ।

मंगलबार उम्मेदवारी दर्ताकै दिन सत्ताधारी नेपाली काँग्रेस निकट नेवि संघ नरेश पण्डित समुहले विवाद झिकेर उम्मेदवारी दर्ता गर्न बाट रोकेको भन्दै पाँच विद्यार्थी संगठनले अब कुनैपनि बहानाबाजी गरेर चुनाव रोक्न नहुने तर्क अघि सारेका छन । अखिल क्रान्तिकारीकी नेतृ मनिसा चन्दले पाँच विद्यार्थी संगठनले संयुक्त रुपमा विश्वविद्यालय नेतृत्वलाई भेटेर चुनाव गर्न अग्रसर हुन आग्रह गरिएको बताईन । ‘हामीले कुनै एक विद्यार्थी संगठनले तालाबन्दी गर्दै सिङ्गो विद्यार्थीको भविष्य अन्धकार पार्नेदेखि चुनाव रोक्न नहुने विषयतर्फ ध्यान केन्द्रीत गराएका छौँ, ‘उनले भने, ‘हामी पाँच विद्यार्थी संगठनको मागप्रति उहाँहरुले सकारात्मक रहेको धारणा व्यक्त गरेका छन, अब हेरु व्यवहारमा कति लागु गर्छन ।’ सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस कानुन संकायकी विद्यार्थी समेत रहेकी क्रान्तिकारी विद्यार्थी नेता चन्दले फेरी पनि बहानाबाजी गरे उपकुलपति, रजिष्ट्रार कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएकी छन ।

नेवि संघ नरेश पण्डित समुहले जिल्ला अध्यक्ष नरेश पण्डितमाथि प्रहरीले कुटपिट गरेर मरणान्न हुने गरी घाईते बनाएको भन्दै घटनाको छानबिन गरेर दोषि उपर कार्बाही नहुँदासम्म तालाबन्दी यथावत रहने अडान लिएको छ । नेवि संघ नेता पण्डितको प्रहरीको कुटाईबाट घाईते भएर धनगढी अस्पतालमा उपचारार्थछन । पण्डित समुहको नेवि संघले मंगलबारै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गर्दै कुटपिट गर्ने माथि कार्बाही नहुँदासम्म नखोलिने जनाएका छन । आफै सत्तामा, आफ्नै गृहमन्त्री हुँदा पनि नेवि संघ प्रहरीमाथि खनिएको छ । नेवि सघका नेता कार्यकर्ताहरुले आफ्नै गृहमन्त्री हुँदा पनि प्रहरीबाट रामघुलाई हुने गरेर कुटाई खानुपर्ने भन्दै दुखेसो पोखिरहेका छन । पाँच विद्यार्थी संगठनको जित हुने देखेर विद्यार्थी बिरोधी व्यक्ति समुहले चुनाव भाँडका लागि उम्मेदवारी दर्ताकै मुखमा आएर अवरोध सृजना गरेको ठोकुवा गरेका छन । मंगलबार ६ साउनमा उम्मेदवारी दर्ताका क्रममा नेवि संघ नरेश पण्डितको समुहले आफ्नो संगठन भित्रको आन्तरिक विवादको आक्र्रोस पोखेको दावि गरेका छन । चुनाव नचाहने एव अखिल क्रान्तिकारी सहितको संयुक्त प्यानलकोे जित सुनिश्चित भएका बेला केही चुनाव नचाहने गिरोहले नेवि संघ अखिल क्रान्तिकारी झडप भएको भनेर दुष्प्रचारबाजीमा उत्रिएको जनाएका थिए । पाँच विद्यार्थी संगठनको जित हुने देखेर विद्यार्थी बिरोधी व्यक्ति समुहले चुनाव भाँडका लागि उम्मेदवारी दर्ताकै मुखमा आएर अवरोध सृजना गरेको ठोकुवा गरेका छन ।

आफ्नै गृहमन्त्री आफै सरकारमा हुने दलका विद्यार्थी अराजक भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रण गरेको जनाउँदै यही क्रममा चुनाव अवरोध गर्नेहरुलाई प्रहरीले नियन्त्रण गर्न खोजेको विषयमा क्रान्तिकारी जोडेर मित्था प्रचारको भत्र्सना समेत गरेका छन । अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष दल ब. धामी, अनेरास्ववियू संयोजक प्रज्वल कुँवर, राप्रवि अध्यक्ष प्रेम रावल, अखिल समाजवादी जिल्ला इन्चार्ज ललित सी र बहुमत निकट अखिल क्रान्तिकारीका सुपवि इन्चार्ज प्रकास भट्टले हस्ताक्षर गरेकोे संयुक्त विज्ञप्तीमा चुनाव कार्यतालिका अनुरुप नभए आन्दोलनको चेतावनी दिएका छन । निर्वाचन समिति संयोजक कर्णदेव भट्टले मनोनयनका लागि असहज वातावरण भएकाले सबै पक्षसंग वार्ता गरेर चुनावी प्रकृया अघि बढाउने बताए । सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएको १६बर्षसम्म स्ववियु निर्वाचन हुन नसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?