भक्तपुर मालपोत कार्यालयका प्रमुख अधिकृत र सहयोगी २४ लाख ५० हजारसहित रंगेहात पक्राउ

भक्तपुर । भक्तपुर मालपोत कार्यालयमा घुस लिएको अभियोगमा प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउत पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई मंगलबार दिउँसो कार्यालयबाटै २४ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो।

आयोगका अनुसार उक्त रकम जग्गाको लगतकट्टा प्रक्रियामा घुसस्वरूप मागिएको थियो। रकम कार्यालय सहयोगी राउतको साथबाट फेला परेको भए पनि प्रमुख अधिकृत आचार्यको मिलेमतोमा उठाइएको आयोगको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउपछि आयोगले प्रमुख अधिकृत आचार्यका दुई मोबाइल फोनसमेत बरामद गरी अनुसन्धान थालेको जनाएको छ। घुसकाण्डबारे थप अनुसन्धान जारी रहेको आयोगले जानकारी दिएको छ।

यस घटनाले सरकारी सेवामा व्याप्त भ्रस्टाचारमाथि पुनः प्रश्न उठाएको छ भने मालपोत कार्यालयमा सेवाग्राहीहरूले भोग्दै आएको सास्तीको एक झल्कोसमेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?